नेपाल टेलिकमले ल्यायो अफरै अफर, फोन उठाउँदा बोनस, इन्टरनेट शुल्क घट्यो

काठमाडौ, १५ साउन/नेपाल टेलिकमले साउन १६ गतेदेखी जीएसएम सीडीएमए तथा एडीएसएल एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ। अफर अनुसार टेलिकमले विदेशबाट आएको कल उठाउदा बोनस दिने जनाएको छ। साउन १६ गते देखि ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले विज्ञप्ती मार्फत जनाएको छ।

टेलिकमका अनुसार जीएसएमरसीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन्। यस्तै टेलिकमले १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक १ हजार रुपैयामा उपलब्ध गराउने अफर ल्याएको छ। पहिले मासिक १०१७ मा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो।

त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ। पहिले २१ जीबी डाटाको लागि १९८० रुपैया शुल्क लिइएकोमा अब १५ जीबी डाटा ३०० रुपैयामा उपलब्ध हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी २५ जीबी डाटाको रु ५०० र ४० जीबीको डाटाको मूल्य रु ७०० तोकिएको छ। यी डाटाको गति १ एमबीपीएस सम्म हुनेछ।

त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ। पहिले दर्ता शुल्क कर वाहेक रु ५०० भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु २०० र अनलिमिटेड डाटाको लागि रु ३०० दर्ता शुल्क तोकिएको छ। यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ।

सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने छ।

कमेन्टहरु
Loading...