सडक दुर्घटना बढ्दो, घाईतेले बेलैमा उपचार पाए ८० प्रतिशत मृत्यु घटने

धन बस्नेत/पोखरा, ३१ असार/जनसंख्या वृद्धिसगस“गैसवारी साधनको चाप पनि बढदै गएको छ ।सडकमा सवारी साधनको चाप सडक क्षमता भन्दा निकै बढी देखिन्छ । असिमित मानवीय चाहनाका कारणले सवारी साधनको चापसगै सडकका दुर्घटनाको मात्रामा वृद्धि भएको छ । सडक दुर्घटनाकै कारण कोही जीवनभरी अपाङग त कोही जीवन नै त्याग गर्न बाध्य छन् ।

ठूलो समस्याको रुपमा रहेको सडक दुर्घटना कमगर्ननेपाल अटोमोवाईल स्पोर्ट एशोसियन ( नासा)ले पहल थालेको छ ।सुरक्षित सडक र सुरक्षित यात्रा बनाउन सञ्चार माध्यमले केगर्न सक्छन भन्ने विषयमानासाले पोखरामा अन्तरक्रिया समेत गरेको छ । ट्राफिक व्यवस्थालाई प्रभावकारी बनाउन नसक्दा सुरक्षित सडक र सुरक्षित यात्राबनाउन पनि सकिएको अवस्था छैन् । विश्वमा मृत्युको तेस्रो कारणका रुपमा रहेको सडक दुर्घटनावाट १३ लाख भन्दा वढीले ज्यान गुमाउनुपरेको विश्व स्वास्थ्य संगठन तथा नेपाल प्रहरीको तथ्याङक छ ।त्यस्तै नेपालमाप्रत्येक वर्ष १२ हजार दुर्घटनामा दुई हजार व्यक्ति मारिने गरेका छन् ।

नेपालमा अहिले १४ लाख भन्दा बढी सवारी साधनहरु रहेका छन् । अपाङगताको मूख्य कारणको रुपमा रहेको सडक दुर्घटना जटिल समस्या बन्दै गएको अवस्था छ । जम्मा मृत्युदर मध्ये ३५ प्रतिशत मृत्यु सडक दुर्घंटनाले ६८ प्रतिशत अपाङग हुने गरेको नेपाल प्रहरीको तथ्याङक छ । मानवीय कमजोरीका कारण सडक दुर्घटना हुने विज्ञहरु बताउछन् । अन्र्तकृया कार्यक्रममानेपाल अटोमोवाईल स्पोर्ट एशोसियन (नासा)का सचिव शुसील टन्डुकारले बाटो साघुरो, तिव्र गती, अदक्ष चालक, नियम पालना नगर्नु, ट्राफिक व्यवस्थापनका आवश्यक पर्ने भौतिक पूर्वाधारहरु नहुनुले पनि दुर्घटना बढिरहेको बताउछन् ।

उनले विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० सम्म सडक दुर्घटना सम्वन्धी जनचेतना तथा न्यूनिकरण गर्न अभियान संञ्चालन नगरे विश्वमा पाच मिलियन जनसंख्याको मृत्यु हुने बताए ।
विश्व स्वास्थ्य संघगठन तथा नेपाल प्रहरीका अनुसार ५७ प्रतिशत सडक दुर्घटना चालकका कारण, २७ प्रतिशत डाईभर र बाटो र छ प्रतिशत चालक र गाडीका कारण हुने तथ्याङक छ । सडक दुर्घटना न्यूनिकरण गर्न सचेतना अभियानलाई सञ्चालन गर्नुपर्ने देखिन्छ । सुरक्षित यात्राका लागि आफै सचेत हुनुपर्ने र सञ्चार माध्यमले सुरक्षित यात्रा अभियान सञ्चालन गरेर सडक दुर्घटना कमगर्न सकिने सञ्चारकर्मी दिनेश पाण्डे सुझाव दिन्छन् ।

‘नेपालमा दुर्घटना सम्बन्धीनीति भएपनि कार्यन्वय नहुदा समस्या बढ्दै गएको छ,उनी भन्छन्–‘ दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले सकृताका साथ काम गर्नुपर्छ ।’ उनले दुर्घटनामा परेकालाई वेलैमा उपचार दिन सके ८० प्रतिशत मृत्यु घटाउन सकिने बताए । अन्र्तकृयामा सहभागीहरुले यात्रुहरुले ढुक्क भएर यात्रा गर्ने वातारण निर्माणमा, सवारी चालक तथा सहयोगीहरुलाई सचेतना तालीम र लाईसेन्स लिने प्रकृयालाई वैज्ञानीक बनाउनुपर्नेमा जोड दिएका थिए । दैनिक जसो हुने गरेको सडक दुर्घटना कमगर्न भौतिक संरचनाहरुमा सुधारका साथै ठाउ ठाउमा उद्धार टिम, अस्पतालको निर्माण गर्दै युवा वर्गमा सचेतना फैलाउनु पनि आवश्यक रहेको उनीहरुको भनाई छ ।

नासाले सडक दुर्घटना कमगर्न पोखरा तथा तनहुको उच्च मा.विहरुमा सचेतना मूलक कार्यक्रम पनि गर्ने जनाएको छ । नासाले सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्नेहरुलाई पुरस्कारको पनि व्यवस्था गरेको संघको महासचिव गोविन्द्र भटराईले बताए । प्रचार प्रसारको कार्यलाई तिव्रता दिने उनको भनाई छ ।
सर्वसाधारणले सुरक्षित यात्राका लागि ढुक्क भएर यात्रा गर्न पाउनु उसको अधिकार हो । सडक दुर्घटना कम गर्न डाईभर र यात्रुहरु सचेत हुनुपर्दछ ।

यात्रा गदा्र्र बेल्ट बाध्ने, हेल्मेट लगाउने र सवारी साधनको नियमित चेकजाच गर्ने गर्नु आवश्यक छ । त्यस्तै तोकिएको गतिभन्दा छिटो नचलाउने, सवारी चलाउदा मोवाईल फोन प्रयोग तथा अनावश्यक कुरा नगरौं । सडकमा दुर्घटनामा फुतपाथमा हिड्नेवृद्धावृद्ध तथा बालवालिकाहरु बढी दुर्घटनामा पर्ने गरेको पाईन्छ ।फूतपाथमा यात्रा गर्नहरु जेव्रा क्रसिङवाट बाटो काट्ने, सदैव दाया साईटवाट यात्रा गर्ने गरेमा सम्भावित दुर्घटनावाट बच्न सकिन्छ । त्यस्तै सरकारी निकाय सडक दुर्घटना कमगर्न विषयमा गम्भीर भएर लाग्नुपर्छ ।

कमेन्टहरु
Loading...