गण्डकी विकास बैंकको अध्यक्षमा जगन गुरुङ

पोखरा, २२ असार /गण्डकी विकास बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी जगन गुरुङले पाएका छन् । पोखरामा प्रधान कार्यालय रहेका दुई विकास बैंक गण्डकी र फेवा मर्ज भए पछि गुरुङ अध्यक्ष भएका हुन् । समितिमा विप्लप पौडेल, बासु त्रिपाठी, गेहेन्द्रश्वर पराजुली, सुशिल गौचन, नारायण बाँनिया छन् ।

दुई बैंक मर्ज भए पछि चुक्ता पुँजी २ अर्ब ३० करोड पुगेको छ । यस अघि साबिक गण्डकीको ६४ करोड चुक्ता पुँजी र फेवाको १ अर्ब २० करोड चुक्ता पुँजी रहेको थियो ।

राष्ट्र बैंकले तोकेको न्युनतम २ अर्ब ५० करोड चुक्ता पुँजी पु¥याउन बैंकले छिट्टै २५ प्रतिशत हकप्रद्ध सेयर जारी गर्ने तयारीमा छ ।

 

कमेन्टहरु
Loading...