सागर राज तिमिल्सिाना
पोखरा, २१ असार /पोखरामा प्रधान कार्यालय रहेका दुई विकास बैंक गण्डकी र फेवा मर्ज भएर बुधबार देखि एकिकृत कारोबार सुरु गरेका छन् । गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोबार गरेको बंैकको मर्ज पछि चुक्ता पुँजी २ अर्ब ३० करोड पुगेको छ । यस अघि साबिकगण्डकीको ६४ करोड चुक्ता पुँजी र फेवाको १ अर्ब २० करोड चुक्ता पुँजी रहेको थियो ।
राष्ट्र बैंकले तोकेको न्युनतम २ अर्ब ५० करोड चुक्ता पुँजी पु¥याउन बैंकले छिट्टै २५ प्रतिशत हकप्रद्ध सेयर जारी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए । उनका अनुसर मर्ज पछि बैंकको १८ अर्ब रुपैयाँ निक्षेप, १७ अर्बको कर्जा, २ लाख ५० हजार ग्राहक छन् । मर्ज पछि बैंकको जम्मा शाखा संख्या ५० पुगेको छ । २० वटा एटिएम शाखा मार्फत सेवा प्रवाह गरिरहेको छ ।
बैंकमा ३ सय ८८ कर्मचारी छन् । बैंकले थप ७ नयाँ शाखा सञ्चालन गर्ने योजनामा रहेको सिइओ थापाले जानकारी दिए । एकीकरण पछि फेवाका सिइओ थापा सिइओ र फेवा कै पूर्व अध्यक्ष जगन गुरुङले अध्यक्षको जिम्मेबारी पाएका हुन् ।
एकीकृत कारोबारको नेपाल राष्ट्रबैंक गभर्नर चिरञ्जिवी नेपालले फोनबाट शुभकामना दिएर उद्घाटन गरेका हुन् । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले अबको एजेन्डा आर्थिक बृद्धि र संबृद्धि रहेको बताए ।
नेपाल राष्ट बैंक पोखरा शाखाका प्रमुख पोमनाथ ढकाल, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष भरत लगाएतले शुभकामाना दिए ।