गोपाल धाम आश्रममा पहिरोका कारण करोडौंको क्षति

पोखरा, १९ असार /गोपाल धाम आश्रम पोखरा १८ सराङकोटमा अस्ति राती गएको पहिरोका कारण करोडौंको क्षति भएको छ । पहिरोले आश्रमको भवनमा आंशिक र बाटोमा पूर्ण क्षति गरेको आश्रमका गुरु नारायण शरणले जानकारी दिनुभयो ।

राती पहिरो जान थालेपछि आफूहरु छिमेकीलाई गुहार मागेर ज्यान बचाउन सफल भएको उहाँले बताउनुभयो ।
सो आश्रम नेपालका प्रथम एेतिहासिक जगद् गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यले सञ्चालन गर्नुभएको हो ।

भवन तथा बाटो पुन निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग गर्न समस्त भक्तजन, सहयोगी मनहरु र सम्बन्धित निकायसँग आश्रमले आग्रह गरेको छ । चतुरमास ब्रत बस्ने भक्तजन तथा गुरुहरु जोखिम मोलेरै पनि यतिबेला आश्रममा नैं बसिरहेका छन् ।

कमेन्टहरु
Loading...