काठमाडौं, १८ असार/नेपाल आयल निगमले पेट्रोलिमय पदार्थ र खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको पनि मूल्य घटाइएको हो।
पेट्रोलियम पदार्थमा २र२ रूपैयाँ घटाएको छ भने ग्यासमा २५ रुपैया घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर ९८ रुपैयाँमा पाइनेछ । यस्तै डिजेल र मट्टितेल लिटरमा २र२ रुपैयाँ सस्तो भएर प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ ।
अब ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो ।