बेगनास तालमा माछा भुरा छाडियो

पोखरा, १२ असार/बेगनास तालमा सोमबार माछाका भुरा छाडिएको छ । जिल्ला कृषि विकास कार्यलय कास्कीको आयोजनामा भएको कार्यक्रममा कृषि विकास कार्यलय बाट ७० हजार , मत्स्य ब्यबसायी समिति बेगनास द्धारा २ लाख र पोखरा लेखनाथ महानगरपालिका बाट ८० हजार गरी ३ लाख ५० हजारको माछाको भुरा छाड्ने कार्यक्रम अन्तरगत आज २५ हजार माछाको भुरा तालमा छोडिएको मत्स्य ब्यबसायी समिति बेगनासका अध्यक्ष झलक जलारीले जानकारी दिनु भएको छ ।

कार्यक्रमका लेखनाथ उद्योगबाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले तालमा माछा भुरा छाड्ने कार्यले माछा मार्ने मात्रै नभएर संरक्षण पनि गर्नुपर्छ भन्ने शन्देस दिइएको बताउनु भयो । जिल्ला कृषि विकास कार्यलय कास्कीका प्रमुख लोकन्द्र बोहराले स्थानीय जातको माछा लोप हुदै गएकोमा चिन्ता ब्यक्त गर्दे छोडिएको माछाको उत्पादन कसरी भएको छ त्यस बारे पनि अध्ययन हुन आबश्यक रहेको बताउनु भयो ।

मत्स्य अनुसन्धान केन्द्र बेगनास देब शर्माले अहिलेको समय भन्दा पनि असोज कार्तिकमा माछा भुरा तालमा छाड्नु पर्ने सुझाब दिनु भयो । उहाँले आफुहरुले पनि तालमा माछा भुरा छाड्ने बताउनु भयो । उहाँले अहिले भुरा छाड्दा बगेर जाने सम्भावना रहने पनि उहाँको भनाई थियो । वडानं ३१का वडा सदस्य विष्णु भुजेलले माछा छाड्ने कार्यले जलारी समुदाय लाई केही सहज भएको बताउनु भयो ।

जिल्ला कृषि विकास कार्यलय कास्कीका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले बेगनासमा सोमबार भुरा छोडिएको बताउदै मंगलबार फेवातालमा माछाको भुरा छाडने बताउनु भयो । जिल्ला कृषि विकास कार्यलय कास्कीका कालि प्रसाद अधिकारी लगायतले कार्यक्रममा माछाको महत्व बारे बोल्नु भएको थियो ।

कमेन्टहरु
Loading...