चीनको ल्हासामा नेपाली र्याफ्टिङ टिम पहिलो

पोखरा, ८ असार /नेपाल चीन अन्तराष्ट्रिय र्याफटिङ प्रतियोगितामा नेपालले कायकिङमा पहिलो स्थान हासिल गरेको छ । मैत्रीपूर्ण प्रतियोगितामा र्याफटिङ खेलतर्फ नेपालले दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।

चीनको ल्हासामा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट दिनेश यादवले कायकिङमा प्रथम स्थान हासिल गनै सफल भएभने र्याफटिङ तर्फ नेपाली टीमका क्याप्टेन नीम बहादुर मगर सहित सुनिल, गुरुङ, रामजी सेडाइ र धिराज बिसीको टीमले दोश्रो स्थान हासिल गर्न सफल भए ।

नेपाली टीमले कुल ३५ सय डलर, मेडल, शील्ड र प्रमाणपत्र हासिल गर्न सफल भयो ।

कमेन्टहरु
Loading...