पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं, ३ असार /नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको उपभोक्ता मूल्य घटाइएको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार डिजेल र पेट्रोल एक लिटरमा १ रुपैयाँ ५० पैसा मूल्य घटाइएको छ। अब पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ हुने छ भने डिजेल ७६ रुपैयाँमा उपभोक्ताले पाउने छन्। तर निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।

कमेन्टहरु
Loading...