पोखरा, २ असार / पोखराको प्रदर्शनी केन्द्रमा तेश्रो राष्ट्रिय पोर्क महोत्सव शुरु भएको छ । वंगुर व्यवसाय र वंगुरको मासुलाई आम जनमानसले हेर्ने दृष्ट्रिकोण अभैm पनि नकारात्मक रहेको र नेपालका रेष्टुरेन्टहरुमा वंगुरको मासुका परिकारहरुलाई समेट्न नसकिरहेको अवस्थामा सवै नेपालीहरुको चुल्हो र रेष्टुरेन्टहरुमा वंगुरको मासु प्रवद्र्धनमा टेवा दिने उद्धेश्यले आयोजना गरिएको महोत्सवको पशुपंक्षी मन्त्रालयका सचिव डाक्टर युवक ध्वज जिसीले उद्घाटन गरे ।
पशुपंक्षी विकास मन्त्रालयका सचिव डा .युवकध्वज जि .सीले महोत्सवको उद्घाटन गर्दै व्यवस्थित र व्यवसायिक रुपमा वंगुरपालन पेशामा लाग्नु पर्ने र यसको वजारीकरणका लागि वैदेशिक समन्वय गर्न मन्त्रालय तैयार रहेको जानकारी गराउनु भयो । उहांले यस क्षेत्रमा हुने औद्योगिक मेला, महोत्सवमा पनि एउटा स्टल राखी वंगुरको मासुको प्रवद्र्धन गर्नु पर्नेमा जोड दिनु भयो । पशु सेवा विभागका महानिर्देशक डा . विमल कुमार निर्मलले केही समयदेखि वंगुरको मासु पोषणयुक्त भएको महशूस हुंदै गएपछि वंगुरपालन व्यवसायप्रति व्यवसायीहरुको आकर्षण वढ्दै गएको वताउनु भयो ।
वंगुरपालन व्यवसाय संघका केन्द्रीय अध्यक्ष उमेश कुमार राईले विश्ववजारमा वंगुरको मासु ५० प्रतिशत भन्दा वढी खपत हुने गरेपनि नेपालमा भने अभैm जनमानसमा यसको महत्व वुझाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नु भयो ।
संस्थाका अध्यक्ष योग वहादुर आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सांसद एवं वंगुर व्यवसायी कृष्ण वहादुर गुरुङ्ग, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोर्कण कार्की, पशु उत्पादन निर्देशनालयका निर्देशक केशव प्रसाद अछामी, वंगुर व्यवसायी छ्याम वहादुर थापा लगायतले महोत्सवको वारेमा वोल्नु भएको थियो । यस अघि पोखराको महेन्द्रपुलवाट निस्केको प्रभातफेरीले वजार परिक्रमा गरेको थियो ।
पच्चिसवटा स्टल रहने सो महोत्सवमा वंगुरको मासुवाट वन्ने परिकारहरुलाई प्राथमिकता दिने खालका ६ वटा रेष्टुरेन्टहरु रहेका छन् ।महोत्सवमा वंगुरको मासुवाट वन्ने विभिन्न परिकारहरु मःम,चाउमिन, सेकुवा, ससेज, अचार, विभिन्न विदेशी परिकारहरु चाईनिज र कोरियन परिकाहरुलाई विशेष प्राथमिकता दिइएको छ । महोत्सवमा विशेष गरी वंगुर उत्पादनका लागि व्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तीय संस्थाको प्राविधिक परामर्श, वंगुरको वधशाला तथा प्रशोधनका वारेमा जानकारीमूलक स्टलहरु पनि रहने छन् ।
महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका वारेमा जानकारीमुलक स्टलहरु, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुको तयारीको प्रदर्शन, बंगुर उत्पादन देखि बजारी करणमा प्रयोग हुने विभिन्न औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको मासुको प्रशोधन तथा परिकार बनाउने सम्बन्धी तालिम, बंगुरपालक किसानहरु बीच अन्तरक्रिया, मासु उत्पादनमा प्रयोग हुने औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको दाना सम्बन्धी जानकारी, बंगुरपालनमा देखिएका संभावना तथा चुनौतीहरुको बारेमा परामर्श तथा छलफल, विभिन्न जातजातिका झाँकी तथा ¥याली प्रतियोगिता विभिन्न जातजातिका नृत्य तथा झाँकीहरु, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा लोक तथा दोहोरी गीत, नृत्य, संगित तथा विभिन्न प्रतियोगिताहरु हुनेछन ।
त्यस बाहेक महोत्सवले बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रबद्र्धन र विकास गर्ने, लिन पोर्कको बजारीकरणलाई प्रोत्साहन गर्ने, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ्य वंगुरको मासु उपलब्ध गराउनको लागि बंगुर काट्न अघि र काटि सकेपछि पशु चिकित्सकद्धारा निरिक्षण गर्ने परिपाटिको बिकास गर्ने, बंगुर उत्पादनका लागि आहाराको विकास, गोठ सुधार तथा यान्त्रीकरणका लागि प्रोत्साहन गर्न, बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुर मासुको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुलाई प्राथमिकता दिइनुका साथै होटेल तथा रेष्टुरेण्टहरु बंगुरको मासु समावेस गर्न प्रोत्साहन गर्नका लागी महोत्सवले उल्लेख्य भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
महोत्सवको पहिलो दिन राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गण्डकी र कास्कीका कलाकारहरुका साथै वरिष्ठ लोक गायक प्रजापति पराजुली, शंकर बिरही गुरु, सुरेन्द्र गुरुङ, राजन कार्की, सिता केसी, प्रदिप त्रिपाठी लगायतका कलाकारहरुले लोकदोहोरी मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । महोत्सवको दोश्रो दिन शनिवार लोकदोहारी तर्फ पुरुषोत्तम न्यौपाने,शंकर बिरही गुरुङ, जीवन दाहाल, सुरेन्द्र गुरुङ, घनश्याम रिजाल, शिवहरी ढुंगाना लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
क्लासिक ह्वील्स प्रालि पोखराको मूख्य प्रायोजन तथा बंगुर ब्यवशायी संघ नेपालको संयोजनमा हुने महोत्स्वमा नेपाल सरकार, पशुपंक्षी बिकास मन्त्रालय पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालय, केन्द्रिय बंगुर तथा कुखुरा प्रवद्र्धन कार्यालय, पशुपंक्षी बजार प्रबद्र्धन निर्देशनालय, क्षेत्रिय पशु सेवा निर्देशनालय, पशु बिकास फार्म लामपाटन पोखरा , जिल्ला पशु सेवा कार्यालय कास्की, जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की, जिल्ला सहकारी संघ कास्की, जिल्ला कृषि सहकारी संघ कास्कीको सहयोग रहेको छभने पोखरा उद्योग वाणिज्य संघ र नेपाल पर्यटन वोर्ड क्षेत्रिय कार्यालय पोखरा प्रवद्र्धकको रुपमा रहेका छन । त्यसैगरी जिल्ला बिकास समन्वय समिती र पोखरा लेखनाथ महानगरपालिकाको विशेष सहयोग रहेको छ भने एस के साउण्ड, लक्की लाइट हाउस र पटवा टेन्ट हाउसको सहयोग रहेको छ ।