हुण्डाईको एक्सचेन्जमा १६ गाडी वुकिङ

पोखरा, १४ जेठ /पोखरामा रहेको हुण्डाई शोरुमले आयोजना गरेको तिन दिने एक्सचेन्ज कार्यक्रममा १६ वटा गाडी वुकिङ भएको छ ।
जेठ १२ गतदेखी १४ सम्म आयोजना गरिएको कार्यक्रममा ४१ जनाले टेष्ट राईड गरेको र कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।

एक्चेञ्जमा हुण्डाई व्राण्डका सवै मोडलहरुमा साटफेरको व्यवस्था रहेको थियो । ग्राण्ड आईटेन, आई ट्यान्टी एक्टिभ र क्रेटा यो अवधिमा वढी वुकिङ्ग भएको लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालि पोखराका सेल्स तथा अपरेशन ईन्चार्ज भिमसिँह खत्रीले जानकारी दिए ।

पोखरेली ग्राहकको अपार मायाले हुण्डाई देशकै अग्रणी अटोमोवाईल कम्पनी वन्न सफल भएको र आगामि दिनहरुमा पनि विक्री प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्रतिवद्धता कम्पनीको छ ।

कमेन्टहरु
Loading...