अर्थ मन्त्रालयद्वारा बजेटबारे शीतलनिवासमा ब्रिफिङ

२४ असार,काठमाडौं । आगामी बजेट कस्तो बनाउने भन्नेबारे अर्थ मन्त्रालयका पदाधिकारी र शीतलनिवासवीच छलफल भएको छ । सोमबार बिहानै भएको छलफलमा राष्ट्रपतिका सल्लाहकार र अर्थसचिव शान्तराज सुवेदीसहितको टोलीको सहभागिता रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

sital-niwasछलफलमा अर्थ सचिव सुवेदीले सरकारले अध्यादेशमार्फत् ल्याउन लागेको बजेटबारे ब्रिफिङ गर्नुभएको स्रोतले बताएको छ । सोमबार बिहान ८ बजेदेखि भएको छलफलमा राष्ट्रपतिका नवनियुक्त आर्थिक सल्लाहकार शम्भुशरण कायस्थ, राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रिताल, कानूनविद ललितबहादुर बस्नेतको सहभागिता थियो ।

चुनावी सरकारले नयाँ योजना तथा कार्यक्रम राखे पूर्ण आकारको बजेट ल्याउन नमिल्ने राष्ट्रपति डा. रामवरण यादवले अडान राख्दै आउनुभएको छ । यसअघि चैत्र २७ गते ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँको पूर्ण आकारको समायोजित बजेट सार्वजनिक गरेको सरकारले नयाँ आर्थिक वर्षको बजेटको तयारी गरिरहेको छ ।

अघिल्लो साता मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले गर्नुभएको भेटका बेला राष्ट्रपति डा. रामवरण यादवले यो सरकार चुनावी भएकाले नयाँ कार्यक्रम राखेर पूर्ण आकारको बजेट नल्याउन र चुनाव सम्पन्न गर्ने विषयलाई मात्रै समेटेर बजेट अध्यादेश सिफारिस गर्न आग्रह गर्नुभएको थियो ।

– See more at: http://www.onlinekhabar.com/2013/07/91150/#sthash.It2sFIvI.dpuf

कमेन्टहरु
Loading...