कास्कीमा राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

पोखरा, ११ जेठ /कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा नवौं जिल्ला व्यापी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले खेलकुद विकासका लागि यस प्रकारका खेलहरुले जेलकुदको जग वलियो वनाउन सहयोग पुग्ने वताए ।

उनले खेलकुदको पुर्वाधार विकास अपरिहार्य रहेको कुरा औल्याउँदै त्यसका लागि राज्यको ठोस निती आवश्यक रहेको वताए । अहिलेका वालवालिका नै भविष्यमा मुलुकका लागि मेडल ल्याउने भएकाले उनीहरुलाई क्षमतावान वनाउन पनि खेलकुदमा लगानी आवश्यक रहने वताए ।

कार्यक्रममा कास्कीका उप जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले खेलकुद र शिक्षा महत्वपुर्ण रहेकोले खेलकुदको अनुशासनले सवैलाई अनुशासित र मर्यादित वनाउन सहयोग पुग्ने धाराण राखे । कार्यक्रम जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष खगेन्द्र शेरचनको अध्यक्षतामा भएको थियो ।  जेठ १४ गते सम्म संचालनहुने प्रतियोगितामा ४७ विद्यालयका करिव एक हजार विद्यार्थीहरुको सहभागिता रहेको छ ।

वुधवार भएको मार्च पासमा शैनिक आवासिय महाविद्यालय प्रथम, हिल पोइन्ट एकाडेमी द्वितिय र गोरखा वोर्डिङ्ग स्कुल तेश्रो भए । प्रतियोगितामा कास्कीका चार निर्वाचन क्षेत्र अन्तर्गत एथलेटिक्स्, भलिवल, कवड्डी, उशु तेक्वान्दो र करातेका खेलहरु हुनेछन ।

कमेन्टहरु
Loading...