ओमद्धारा निःशुल्क आस्वा

पोखरा, ७ जेठ/ओम डेभलपमेन्ट बैंक लिमिटेडले निःशुल्क आस्वा सेवा शुरु गरेको छ । आस्वा प्रणालीबाट ग्राहकहरुले ओमबाट निःशुल्क सहज रुपमा बैंकमा रहेको मौज्दात रकम ब्लक गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् ।

ग्राहकहरुले यो सेवा काठमाण्डौं, पोखरा लगायत बैंकको ३२ वटै शाखाहरुबाट प्राप्त गर्न सक्नेछन् । बैंकले मनास्लु विकास बैंकसंग संयुक्त कारावार गर्नको नेपाल राष्ट्र बैंकको स्वीकृतीको लागि निवेदन पेश गरिसकेको र स्वीकृती प्राप्त भई संयुक्त कारोवार भएपछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताउनुभयो ।

कमेन्टहरु
Loading...