मतदाता माझ पोखरा १२ का एमाले उम्मेदवार  

पोखरा, २५ वैशाख /एमालेबाट पोखरा—१२ का उम्मेदवारले मतदाताका घरघर पुगेर भोट मागेका छन् । सोमबार ढिकालेथर, सरस्वतीटोल, सेतीनहर, माटेपानी, उपकारमार्ग, गुम्बाफेदी, वीरकुमारी मार्ग, भद्रकाली मार्ग र शिवमार्गमा एमाले वडा कमिटी अध्यक्ष गुप्तबहादुर कार्कीसहित उम्मेदवारहरु र नेताहरुले घरदैलो गरे ।
वडाध्यक्षका उम्मेदवार ऋषिराम लामिछानेसहित नेता रवीन्द्र अधिकारी, चूडामणि जंगली, श्रीनाथ बराल, दिल पन्तको टोलीले मतदातालाई टोलटोलमा पुगेर भेटेको थियो ।
पोखरा—१२ मा एमालेले वडाध्यक्षमा ऋषिराम लामिछाने, खुला वडा सदस्यमा देशभक्त केसी र निर्मलबहादुर थापा, दलित महिला सदस्यमा विष्णु विक र महिला सदस्यमा शान्ति गुरुङलाई उम्मेदवार बनाएको छ ।
कमेन्टहरु
Loading...