लोपोन्मुख हिम चितुवा संरक्षणमा विद्यार्थी (भिडियो सहित )

रामकृष्ण ज्ञवाली
पोखरा, २० असार/हिमालको राजा भनेर चिनिने हिम चितुवा लोपोन्मुख जनावर मध्ये एक हो । विश्वका १२ देशमा मात्र पाइने यो चितुवालाई संरक्षण गर्न प्रकृति प्रेमीहरु सकृय छन् । नेपालका हिमाली क्षेत्रमा पनि पाइने हिम चितुवा संरक्षण गर्न नेपालीलाई पनि सेचत गराइदैछ ।

Snow-leopard_Upper-Mustang.jpgहिम चितुवा देख्दा सुन्दर देखिए पनि हिमाली भेगका बासिन्दा परम्परागत सत्रु मान्छन । यसले भेडा च्याङ्ग्रा पनि खाइदिन्छ । यसैकारण रिसाउनेहरुले हिम चितुवा मार्न थाले । अनि यो हिमालको राजा विश्वबाटै हराउनु थाल्यो ।

प्राकृतिक पद्धती अर्थात इको सिस्टमका लािग लोप हुनै नहुने यो जनाबरको संख्या एकाएक घट्न थालेपछि अहिले विश्वब्यापी संरक्षण गर्ने अभियान शुरु भएको छ । नेपालमा पनि हिम चितुवा संरक्षण कार्यक्रम (एसएलसी) मार्फत यसको संरक्षण अभियान जारी छ । एसएलसीले साना साना विद्यार्थीहरु मार्फत चेतना अभियान शुरु गरेको छ ।

गत हप्ता मुस्ताङको हिमाली क्षेत्र नमु लेकमा एक हुल विद्यार्थीले झण्डै तिन दिन तिन रात बिताए र हिमचितुवा बारे अध्ययन गरे । कक्षा ६, ७ र ८ मा पढ्ने उनीहरुले हिमचिुतुवाको महत्व बुझे । अनि घर गएर हिमचितुवा नमार्न र संरक्षण गर्न आफ्ना अभिभावकलाई सचेत बनाउने प्रतिज्ञा समेत गरे ।

नेपालमा हिमचितुवा संरक्षण अभियानको अगुवाई गर्दै आएका एसएलसी कार्यक्रमका प्रमुख सोम आलेका अनुसार हिमचिुतुवा हराउने हो भने संसारमा अकल्पनीय दुर्घटना हुन जान्छ । त्यो दुर्घटनाबाट संसारलाई जोगाउनका लागि हिमचितुवा संरक्षण गर्नै पर्छ ।

switzerland_सोम आलेले नेतृत्व गरेको एसएलसी कार्यक्रमले नेपालका हिमाली क्षेत्रमा हिमचितुवा गणना अभियान पनि सञ्चालन गरेको छ । यसका लागि हिमचितुवाको तस्वीर खिच्ने स्वचालित क्यामेराहरु हिम चितुवा हिड्ने बाटोमा जडान गरिएको छ । हिमचितुवा ४ हजार मिटर देखि माथि र पाँच हजार मिटर भन्दा तलको उचाईमा बस्ने गर्छ । मुस्ताङको ४ हजार ६ सय मिटर अग्लो नमु लेकमा पुगेका बिद्यार्थीहरुले क्यामेरा ट्रयापिङ विधि समेत सिके । एसएलसीका निर्देशक बिक्रम श्रेष्ठका अनुसार क्यामेरा ट्रयापिङबाट नेपालमा कति वटा हिमचितुवा छन् भन्ने पत्ता लगाइदैछ ।

अधिकांश हिचितुवा पाल्तु जनावर खाइदिए पछि रिसको झोकमा मारिन्छन । अब त्यसो नगरियोस भनेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले किसानलाई क्षतीपूर्ती दिने व्यवस्था समेत गरेको छ । यसले संरक्षणमा बल पुग्ने एक्याप मुस्ताङका प्रमुख सन्तोष शेरचनले बताए

प्रारम्भिक अनुमान अनुसार विश्वमा हिमचिुतवा सात हजारको हाराहारीमा छन भने नेपालमा तीन सय देखि पाँच सयको हाराहारीमा । संख्या यकिन छैन त्यसैले एकातिार विद्यार्थीलाई समेत प्रयोग गरे संरक्षण अभियान सञ्चालन गरिदैछ भने क्यामेरा ट्रयापिङ गरेर हिमचितुवा मासिदै छ की बढ्दै छन् भन्ने तथ्याङ्क लिइदैछ ।

भिडियो हेर्नका लागी यहाँ किल्क गर्नु होला

http://www.youtube.com/watch?v=rrnddiAHxN4&feature=youtu.be

कमेन्टहरु
Loading...