पोखरा, ३१ चैत/गुरुङ ब्यूटि एकेडेमी प्रा.लि. को आयोजना तथा क्यालोन प्रोफेसनल मेकअपको सहयोगमा आयोजित ५ दिवसीय प्रोफसनल हेयर एण्ड मेकअप वर्कसप आज पोखरामा सम्पन्न भएको छ । ब्यटिसियन महिलाहरुलाई व्यवसायिक बनाउन र अन्तराष्ट्रिय स्तरसम्मको मेकअप गर्न सक्ने बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
गुरुङ ब्यूटि एकेडेमी प्रा.लि.को कार्यालयमा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मीदेवी जिसीले महिलाले आफ्नो शरिर र श्रममाथि नियन्त्रण लिन सक्नुपर्ने बताउनुभयो । त्यसैले आफूले सिकेका कुरालाई व्यवहारमा लागु गरि उद्यमशिल बन्न सुझाव दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत महतराज ढकालले कुनै पनि व्यवसाय सुरु गर्दा घरेलु तथा साना उद्योग कार्यालयमा गएर दर्ता गराउनुपर्ने बताउनुभयो । उहाँले यसरी आफ्नो व्यवसाय दर्ता गराउदा सरकारबाट प्राप्त हुने सेवा सुविधा प्राप्त गर्न सकिने जानकारी दिनभयो । कार्यक्रममा महिला उद्यमी सिता गुरङ र प्रशिक्षार्थी बुद्ध गुरुङले पनि बोल्नुभएको थियो ।
गुरुङ ब्यूटि एकेडेमी प्रा.लि.का सञ्चालक तथा हेयर एण्ड मेकअप आर्टिस् चिनु गुरुङ तथा उहाँका असिस्टेण्ट दिलु गुरुङ र निरु बोहराले सहजिकरण गर्नु भएको कार्यक्रममा विभिन्न ब्यूटि पार्लरका २८ जना ब्यूटिसियनहरुको सहभागीता रहेको थियो । गुरुङ ब्यूटि एकेडेमी प्रा.लि.का सञ्चालक चिनु गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी यदुनाथ अधिकारीले गर्नुभएको थियो ।