नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी बापत करिब २ करोड भुक्तानी

पोखरा, ३० चैत /नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीलाई बीमितको घरदैलोमा नै उपलब्ध गराउने कामलाई निरन्तरता दिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ निवासी बिमित स्व. मोती बहादुर गुरुङ्गको परिवारलाई १ करोड ८६ लाख ६५ हजार ५ सय हस्तान्तरण गरेको छ ।

मृत्यु दाबी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले मृतकको ईच्छाएको व्यक्ति एवं श्रीमती ईन्द्र कुमारी शाही गुरुङ्गलाई प्रदान गरका हुन् । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दावी भुक्तानी गर्न सफल भएको बताए ।

उनले छिटो छरितो मृत्यूदावी भूक्तानीका कारण कम्पनी प्रति आम मानिसको बिश्वास बढ्न गई समग्र जीवन बीमा क्षेत्र प्रतिको बिश्वासमा समेत अभिबृद्धि हुने बताए । कम्पनीले स्थापनाकालदेखि २०७३ फागुन मसान्तसम्म करिब १ अर्ब ६४ करोड मृत्यूदावी भूक्तानी गरिसकेको छ ।

यसैगरि, कम्पनीको बिद्यमान चुक्ता पूँजी ३ अर्ब ९ अर्ब रहेको, जीवन बीमा कोष करिब रु.३७ अर्ब र कुल लगानी करिब रु. ४४ करोड रहेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल बीमा शुल्क आम्दानी ६.८१ अर्ब रहेको कम्पनीका बरिष्ठ नायब महाप्रबन्धक सुशिल कुमार चौधरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...