‘व्यवस्थापन नसुधारे नयाँ जहाजले निगम डुबाउँछ’

१७ असार, काठमाठौं । चौध अर्ब खर्चेर दुई जहाज किन्न सम्झौता गरेको नेपाल वायु सेवा निगमलाई व्यवस्थापन सुधार गर्न नसकेमा लगानी डुब्ने भन्दै सरकारी अधिकारीले सचेत पारेका छन् । निगमको ५५ औं वाषिर्कोत्सवमा अधिकारीहरुले व्यवस्थापकीय तौल तरिकामा परिवर्तन गर्न सुझाव दिए । नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले निगमका सामु सबैभन्दा ठूलो चुनौती व्यवस्थापन सुधार भएको बताउनुभयो ।

‘व्यवस्थापन सुधार निगमको सबैभन्दा महत्वपूर्ण एजेण्डा हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘व्यवस्थापन चुस्त हुन सकेन भने जहाज थपेर निगमको सुधार हुँदैन ।’ निगमले दुई न्यारो बडी जहाज किन्न एयरबससँग हालै अन्तिम सम्झौता गरेको छ । साथै ती जहाज तयार भएर नआउँदासम्म दुइ जहाज भाडामा लिने तयारी पनि निगमले गरेको छ । मन्त्री श्रेष्ठले त्यत्ति जहाज निगमको लागि पर्याप्त नहुने बताउनुभयो । कम्तीमा ६ जहाज नियमित उडानमा हुनुपर्ने उहाँको भनाइ थियो । विदेशी बैंकबाट ऋण लिएर जहाज किन्नुपर्छ तर नयाँ जहाज किन्न अब निगमले ऋण नपाउने भएको हुनाले वैकल्पिक व्यवस्था गर्नसमेत सरकार तयार रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

‘दुईटा जहाज किन्न धितो राख्दा निगमले सबै सम्पत्ति बन्धक बनाएको छ’, उहाँले भन्नुभयो, ‘अब धितो राख्ने सम्पत्ति नै नभएकोले यहाँका वित्तीय संस्थाले ऋण दिंदैनन् ।’निगमले अब विदेशी बैंकबाट ऋण लिएर वाइड बोडी जहाज खरिद गर्न अगाडी बढ्नुपर्छ । सरकार जमानी बसेमा विदेशी बैंकहरुले निगमलाई ऋण दिन तयार हुनेछन् । जमानी बसिदिन नेपाल सरकार तयार रहेको छ । नागरिक उड्डयन सचिव सुशील घिमिरेले व्यवस्थापन राम्रो हुन नसके नयाँ जहाजको हालत पनि पुरानैको जस्तो हुने बताउनुभयो । यदि निगमलाई व्यावसायिक ढंगले सेवा प्रदायक कम्पनीको रुपमा सञ्चालन गर्ने हो भने थप जहाज आवश्यक पर्नेमा उहाँले पनि जोड दिनुभयो ।

न्यारो बडीका दुई जहाजले मात्र अन्तर्राष्टिय एयरसाग प्रतिस्पर्धा गर्न नसकिने बताउादै उहााले निगमलाई प्रतिस्पर्धामा उतार्न वाइड बडीका जहाज ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपालमा ३ वर्षभित्रमा  ४ जहाज भित्रिने बताउादै उहााले थप २ जहाज खरिद गर्नेतर्फ तत्काल सोच्नुपर्ने उहााले बताउनुभयो। निगमलाई कर्पोरेट संस्था बनाउनुपर्छ हवाइ भाडा वृद्धि गर्नुपर्ने तथा निगमलाई कर्पाेरेट संस्कृतिमा काम गर्न कम्पनीमा रुपान्तण गर्नुपर्ने सचिव घिमिरेको सुझाव थियो । कम्पनीमा परिणत भएपछि सञ्चालक समितिले छिटो छरितो निर्णय गर्न सक्दछ । साथै निगमको संरचनामा सामयिक परिमार्जनको आवश्यकता पनि उहाँले औंल्याउनुभयो ।

त्यस्तै, निगमले जिम्मा पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेण्डिङ्ग सेवाको गुणस्तर सुधार गर्नुपर्ने अपरिहार्य भइसकेको सचिव घिमिरेको भनाइ थियो । निगमले ग्राउण्ड ह्याण्डलिङ्ग गर्दा सेवाको स्तर कायम हुन नसकेको भन्दै यात्रीबाट सक्षम कम्पनीलाई जिम्मा दिनुपर्ने आवाज उठिरहेको छ । ‘निगमले पाएको ठेक्काको म्याद सकिन लागेको छ’, उहाँले भन्नुभयो, ‘सेवालाई ग्राहकमुखी र चुस्त बनाउन निगमले आवश्यक ध्यान दिनुपर्छ ।’ निगमका महाप्रबन्धक मदन खरेलले अन्तर्राष्ट्रिय स्तरको ग्राउण्ड हेण्डलिङ्ग सेवा प्रदान गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । नयाँ दिल्ली कार्यालय स्थानीयलाई हस्तान्तरण गरिएको जानकारी उहाँले दिनुभयो ।

कार्यालयको दायित्वबाट हटेपछि निगमले वाषिर्क ३ करोड बचत गरिरहेको दाबी उहाँले गर्नुभयो । उहाँले आन्तरिक उडानका लागि अहिले ३ वटा ट्वीनेटरको मर्मत कार्य भइरहेको र केही समयपछि सञ्चालनमा आउने जानकारी दिनुभयो । हाल निगमको एउटा ट्वीनेटरले आन्तरिक र दुईटा बोइङले अन्तर्राष्ट्रिय सेवा दिइरहेका छन् । पुराना बोइङलाई निगमले मर्मत सम्भार गर्दै संचालनमा ल्याएको छ । मर्मत सम्भार गर्दै चलाउादा त्यसले गम्भिर दुर्घटना निम्ताउन सक्ने कर्मचारीहरुले बताउादै आएका छन् । कार्यक्रममा नेपाल एयरलाइन्स पाइलट एशोसियसनका अध्यक्ष बरिष्ठ क्याप्टेन मधुवन श्रेष्ठले  नेपाल सरकारका कर्मचारीहरुलाई नेपाल वायुसेवा निगमको जहाजबाट भ्रमण गर्न आग्रह गर्नुभयो ।

त्यस्तै, नेपाल वायुसेवा निगम कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जहाज आउने भएपछि कर्मचारीमा खुशी छाएको बताउनुभयो । निगमकै कर्मचारी संगठनका अध्यक्ष्इा तारणीप्रसाद दाहालले व्यवस्थापन सुधारमा जोड दिनुभयो । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष पोषक ज्ञवालीले दूर्गम क्षेत्रका जनतालाई सेवा दिन चाइनिज जहाज जति सक्दो छिटो ल्याउन आग्रह गर्नुभयो । उहाँहरु सबैले निगमको व्यवस्थापन सुधारमा जोड दिनुभएको छ । सोही अवसरमा निगममा २५ वर्ष सेवा गरेका १ सय ५ कर्मचारीलाई गोल्डमेडल र प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो । – See more at: http://www.onlinekhabar.com/2013/07/88551/#sthash.dL3kHe78.dpuf

कमेन्टहरु
Loading...