पोखराको खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विषयक अन्तरक्रिया

पोखरा, १७ असार/पोखराको खेलकुद विकासमा खेलकुद पत्रकारहरूको भूमिका महŒवपूर्ण भएको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । उनीहरूले खेलकुद पत्रकार र खेलकुद आयोजक सङ्घसंस्थाबीच निरन्तररूपमा समन्वय हुनुपर्नेमा पनि जोड दिए । विट पत्रकारिता र आÇनो मौलिकतालाई हराउनेतर्फ पनि पत्रकारहरूले ध्यान दिनुपर्ने विचार राखे ।

उनीहरूले केही खेलको बढी प्रचार गर्दा केही खेल छायाँमा परेकोले सबै खेललाई समानरूपले हेर्न आग्रह गरे । विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपला खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा सोमबार पोखराको खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विषयक अन्तरक्रिया एवं चियापान कार्यक्रममा वक्ताहरूले भौतिक पूर्वाधारको विकास भएदेखि खेलकुद पत्रकार र स्वयं खेलकुद सङ्घसंस्थाको क्रियाशीलता पनि स्वतः बढ्दै जाने दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य खड्गबहादुर रानाभाटले खेलकुद पत्रकार र खेलसङ्घबीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताए । खेलकुद पत्रकारका कारण नै खेलकुको महाकुम्भ मानिने ओलम्पिक गेमको आयव्यय सार्वजनिक हुन थालेको दाबी गरे । रानाभाटले वाटर गेमको भण्डाफोर र तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनबीचको सम्बन्धको खुलासा पनि पत्रकारले नै गरेको स्मरण गर्दै पत्रकारहरूले सकारात्मक सोचाइले गरेको काम कहिले पनि नाजायज नहुने बताए ।

नेपाल ह्याण्डबल सङ्घका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, सशस्त्र प्रहरी गण मालेपाटन पोखराका गणपति शम्भु उप्रेती, कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष अनिलकुमार सिंह, कास्की जिल्ला फुटबल सङ्घका उपाध्यक्ष गोपी भट्टराई, सहारा क्लबका वरिष्ठ उपाध्यक्ष वीरभद्र आचार्य, नवआदर्श सामुदायिक समाज लामाचौरका अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्री, नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुमप्रसाद गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका उपाध्यक्ष शुभकन्या गुरुङ, कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष नेत्रबहादुर सेन, कास्की जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष उत्तम जोशी, कास्की जिल्ला सÇट टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थ लगायतले खेलकुदको विकासका लागी पत्रकारले गरेको योगदानको बारेमा चर्चा गरेका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाधयक्ष प्रेमनारायण न्यौपानले स्वागत तथा सचिव एकराज गिरीले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...