मि मोबाइलको प्रतिश्पर्धी एप्पल र सामसुङ, अब पोखरामा पनि

पोखरा, १९ चैत /विश्व बजारमा आक्रमक रुपमा गएको मि मोबाइलले आफ्नो प्रतिश्पर्धी एप्पल र सामसुङ कम्पनीका उत्पादन भएको बताएको छ । पोखरामा आयोजित गण्डकी र धौलागिरीका विक्रेताहरुको भेलामा मि मोबाइलका आधिकारिक प्रवद्र्धकले उक्त घोषणा गरेको हो ।

नेपालमा मि कम्पनीका ग्याजेट विक्रि गर्ने आधिकारिक डिलर भाट्सल इम्पेक्सका निर्देशक नितेश कुमार मुन्द्राले मि मोबाइलमा अन्य कम्पनीका मोबाइलमा नभएका फिचर्स भएको बताए । सम्पुर्ण नेपालीको हातमा मि मोबाइल होस्, यसमा भएका फिचर्सले आम ग्राहकले लाभ पाउनेछन् । सामान्य तया यो मोबाइल १२ हजार ९ सय ९९ रुपैयादेखी ९४ हजार ९ सय ९९ रुपैया पर्ने छ ।

नेपाल डिलरका प्रवन्ध निर्देशक गणेश कँडेलले मि मोबाइल चिनको उत्कृष्ठ उत्पादन भएको बताए । नेपालमा सबै भन्दा धेरै अनलाइन विक्रि भइरहेको भन्दै उनले नेपालमा राम्रो व्यापार गरेको बताए । उनले यस कम्पनीका ग्याजेट विक्रेतालाई यथेष्ट मुनाफा र उपहार दिने समेत घोषणा गरेका छन् ।

धौलागिरी अञ्चलका डिलर जिवन ढुङ्गानाले ग्राहकबाट यस मोबाइलका बारेमा गुनासो नआएको बताए । यस्तै, पोखराका डिलर विक्रेता दिनेश श्रेष्ठले यो मोबाइल चलाउने ग्राहकले नै अत्याधिक मन पराएको बताए । कम्पनीले ग्राहकको गुनासा तथा मोबाइलामा आएका समस्या तिन दिन भित्र नै समाधान दिएको बताएका छन् ।

भविश्यका लागि मि मोबाइलले ल्याएको उत्पादन नै विश्व बजारमा स्थापित हुँदै गएको समेत उनीहरुले बताएका छन् । अहिलेसम्म ह्याङ नहुने, राम्रो क्यामेरा, उच्च स्टोरेज क्षमता र हाइ ¥याम्पका कारण पनि यो मोबाइलको माग बढिरहेको उनिहरुको भनाइ छ ।

कमेन्टहरु
Loading...