१० लाख भन्दा बढीको कारोबार बैंकबाट मात्रै

काठमाडौं, १६ चैत /सरकारले १० लाख भन्दा बढीको कारोबार नगदमा गर्न नपाइने व्यवस्था गर्दै पहिलो पटक सीमा तोकेको छ। आजको कारोबार दैनिकमा खबर छ ।

गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको हो।

यो व्यवस्था लागू भए पछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको कारोआर नगदमा गर्न नपाउने भएका छन्।

कमेन्टहरु
Loading...