ओम डेभलपमेन्टको शाखा बौद्धमा

पोखरा, १५ चैत /नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले ओम डेभलपमेन्ट बैंकको बौद्ध शाखा उद्घाटन गरेका छन् ।

मंगलबार महिला उधमशिलताको विकासमा सहयोग पुगोस भन्ने उद्दश्यले माइक्रोबस चालक श्रीमती रीता थापा मगरलाई सम्मान प्रमुख अतिथीको रुपमा डेपुटी गर्वनरले शाखाको उद्धघाटन गरिएको हो । बैंकले हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गरांउदै मनास्लु विकास बैंकसंग मर्जरको लागि बिशेष साधारणसभाले स्वीकृती पनि दिईसकेको र नेपाल राष्ट्र बैंकसंग संयुक्त कारोवार गर्न अन्तिम स्वीकृतीको लागि निवेदन पेश गर्न तयारीमा रहेको बताए । मर्जरपछि बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने जानकारी दिए ।

कमेन्टहरु
Loading...