कोरियन भाषा परीक्षाको अनलाइन आवेदन खुल्यो, बैंकमा राती देखि लाइन, यसरी भर्नुहोस्

पोखरा, ९ चैत /जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन खुल्ला भएको छ । भाषा परीक्षाका लागि ९ गते देखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिनेछ ।

आवेदन फारम भर्नु पहिले २४ डलर ग्लोबल आइएमई बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने शाखाले जनाएको छ । भौचर नम्बर र पासपोर्ट नम्बर भरेपछि मात्रै अनलाइन फारमका लागि पेज खुल्ने इपिएस शाखाका निर्देशक बाबुराम खतिवडाले बताए ।

अनलाइनमा आवेदन दिएकाको प्रवेशपत्र इमेल आइडीमा नै पठाइने भएकाले इमेलआइडी अनिवार्य हुनुपर्नेछ । आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने भएपछि भाषा परिक्षा सञ्चालन हुन लागेको हो ।

यसवर्ष देखि अनलाइनबाटै फारम भर्नु पर्ने छ । यो प्रक्रिया नयाँ भएकाले धेरैलाई थाहा नहुन सक्छ । परिक्षा आवेदन फारम https://eoers.epsnepal.gov.np/ मा गएर भर्न सकिने छ । बैंकमा पैसा तिर्नका लागि लामो लाइन लागेको छ ।

[su_document url=”https://ganthan.com/wp-content/uploads/EPS-TOPIK-Exam-Nepal-2017-Notice-Ganthan.pdf”]

कमेन्टहरु
Loading...