पोखरा फाइनान्स २१ औं वर्षमा प्रवेश

पोखरा, ३ चैत /पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेका पोखरा फाइनान्स २० औं वर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको छ । फाइनान्सले वार्षिक उत्सवको अवसरमा वित्तिय साक्षरता तथा सफा नोट अभियान सम्बन्धी प्रभातफेरीका साथै दीर्घसेवा पदक वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष भुवनसिं गुरुङको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा जनमानसमा वित्तीय साक्षरता एवं नोटको जतन सम्बन्धमा आवश्यक जानकारी प्रवाह गरिएको थियो भने संस्थामा १० देखि १५ वर्ष अटुट सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक वितरण गरिएको थियो ।

सोही अवसरमा संस्थाले प्रधान कार्यलयमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

अधिकृत पूंजी रु. ९६ करोड तथा चुक्ता पूंजी रु. ५५.७४ करोड रहेको संस्थाले चुक्ता पृ्ंजी वृद्धिको लागि निकट भविष्यमा साधारण सेयरको नयां निष्काशन एवं थप शाखा सञ्जाल विस्तारको क्रममा पोखरा लेखनाथको आदर्शचोक, विरौटा एवं वालिड्डको रामबाच्छामा सञ्चालन गरिने जानाइएको छ ।

साथै फाइनान्सले सामाजिक उत्तरदायित्व वहनको हेतुले प्लाष्टिक झोला मुक्त अभियानका लागि आजैबाट एक खाता एक झोला अन्तर्गत नयाँ खाता खोल्ने ग्राहकलाई से नो टु प्लाष्टिक ब्याग लेखेको झोला समेत वितरण गर्ने जनाएको छ ।

कमेन्टहरु
Loading...