खानेपानीको वक्यौता १७ करोड, वक्यौता असुलीमा तिव्रता

पोखरा, २७ फागुन/नेपाल खानेपानी संस्थान पोखराले पानीको बक्यौता महशुल उठाउने क्रमलाई तिव्रता दिएकोे छ । लामो समयसम्म पानीको महशुल नतिर्ने उपभोक्ताको धारा कनेक्सन समेत काट्न सुरु गरेको संस्थानले जनाएको छ ।

करिव १७ करोड बक्यौता रहेको पोखरा शाखाले विभिन्न उद्योग सञ्चालन गरिरहेको उपभोक्तामाथि कडा निगरानीका साथ बक्यौता अशुली गरिरहेको जनाएको छ । शुक्रबार भद्रकाली विकास कम्पनीको नामका सञ्चालन गरिरहेको युनाईटेड एकेडेमीको धाराको लाइन् काट्टिएको जनाईएको छ ।

युनाईटेड स्कुललाई पटक पटक ताकेता गर्दा अटेरी गरेको जनाउँदै धारा कनेक्सन टुटाउन खट्टिएको टोली प्रमुख सव–ओभरसिरय लक्ष्मण पाण्डेले जानकारी दिए । यसैबीच भुक्तीनाथ पहारीको नाममा रहेको हाल राजकुमार सुनारले प्रयोग गरिरहेको सृजनाचोक स्थित घरको पानीको लाईन काट्टिएको टोलीका सदस्य विष्णुप्रसाद रेग्मीले जानकारी दिए । केही समय अघि सुनारको घरबाट पानी तान्ने मोटर जफत समेत गरिएको टोली सदस्य रेग्मीले जानकारी दिए ।

खानेपानी संस्थान पोखराले पहिलो चरणमा पचास प्रतिशत बक्यौता न्युनिकरण गर्ने लक्ष्य अनुरुप पत्राचार गरिएको जनाएको छ । उपभोक्ताले आफू खुसी धारामा टि–जडान गरी संस्थानलाई हानी पु¥यााउने उपभोक्तालाई कुनै हालतमा नछोड्ने जनाउँदै आएको छ । विभिन्न क्षेत्रमा पानीको वक्यौता रहेको अवस्थामा संस्थानले जरिवाना नतिरी नियमित पानीको महशुल तिर्न आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...