पोखरा, ८ फागुन / कास्कीको पर्यटकीय स्थल पुम्दीकोटमा निर्माणाधिन विशाल महादेवको मूर्ति लगायतका संरचना निर्माणको उद्देश्यका साथ सुरु गरिएको महाशिवपुराण महायज्ञको छौंटौं दिन आजसम्म चार करोड ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
पुम्दीकोटलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने सोचका साथ १०८ फिटको महादेव मूर्ति सहित कोट मन्दिर, संग्रहालय, शहीद स्मृति पार्क जस्ता धेरै संरचना निर्माण गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयो ।
महायज्ञको आज छैटौं दिन मात्र ६३ लाख रुपैयाँ संकलन भएको महायज्ञ प्रचारप्रसार उप समितिका संयोजक माधव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार आज पोखरा–२५ अनदु निवासी लक्ष्मी गुरुङ र उहाँका छोराहरू अशोक र राजन(राजु)ले ससुरा पूर्व मन्त्री स्व.मीनबहादुर र पति पूर्व सांसद स्व.कृष्णबहादुरको स्मृतिमा २५ लाख रुपैयाँ, सांसदद्वय यज्ञबहादुर थापा र जीवन परियारले संयुक्त रुपमा सांसद विकास कोषबाट पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
त्यस्तै सांसद बृन्दा रानाले सांसद विकास कोषबाट पाँच लाख रुपैयाँ, सांसद शारदा पौडेलले दुई लाख ५० हजार रुपैयाँ, पोखरास्थित कुशुम कलेक्सनका सञ्चालक रामचन्द्र वास्तोलाले दुई लाख ६० हजार ५०० रुपैयाँ, पोखरा–२५ का स्व.दुर्गादत्त बराल र माता गंगादेवीको स्मृतिमा छोराहरूद्वारा तीन लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गर्नुभएको छ ।
अन्य सहयोग दाताहरू मध्ये पोखरा –२५ अनदुका भीमप्रसाद गुरुङ तथा कलावतीबाट एक लाख ११ हजार १११ रुपैया, पोखरा छोरेपाटनका उदयबहादुर वास्तोलाबाट एक लाख ११ हजार १११ रुपैया, पोखरा– २५ बाँसपानीकी नन्दकली बरालबाट एक लाख १०५ रुपैया सहयोग प्राप्त भएको समितीका कोषाध्यक्ष मात्रिका बरालले जानकारी दिनुभयो ।
महायज्ञमा प’म्दीकोट संरक्षण समिती पोखरा २५ बाट ९३ हजार ५ सहयोग गर्नु भयो , पोखरा २५ डाँडाथोक निवासी श्रीमती धनरुपा बराल बाट ६५ लाख रुपैँया , तालपारी आमासम’ह अनद’ बाट ६१ हजार ५ सय ५६ सहयोग गनर्’ भएका छ ।
त्यस्तै २५ हजार ५ सय ५५ सहयोग गर्ने सहयोग दाताहरूमा सिद्धार्थ सक्रिय महिला सम’ह विरौटा , भ’पेन्द्रराज ग’रुङ पोखरा २५ कालावाङ , एकराज बराल पोखरा २५ ल’क’न्स्वारा , रत्ना आचार्य वैदाम र सिर्जनशिल आमा सम’ह पोखरा २५ रहेको महायज्ञ म’ल आयोजक समितीका महासचिव प्रकाश बरालले जानकारी दिन’ भयो । महायज्ञ आगामी फागुन १३ गते महाशिवरात्रीका दिनसम्म सञ्चालन हुने बताइएको छ ।