पोखरा बक्सीङ क्लबमा सम्मरबहादुर

पोखरा ७, असार/क्याप्टेन सम्मरबहादुर क्षेत्रिको अध्यक्षतामा १३ सदस्यीय पोखरा बक्सीङ क्लब गठन भएको छ ।

उपाध्यक्ष मोति प्रसाद गरुङ, सचिव क्याप्टेन कृष्णबहादुर थापा, कोषाध्यक्ष सुव्दार मेजर ज्ञानबहादुर गुरुङ, सदस्यहरुमा क्याप्टेन विश्वप्रकाश गुरुङ, क्याप्टेन सुर्यबहादुर गुरुङ, रमेश कुमार थापा, क्याप्टेन रामकाजी गुरुङ, सु.मे. उमा महेश घिमिरे, सु. कमलबहादुर गुरुङ, सु. जमप्रसाद गुरुङ, क्या. धनबहादुर गुरुङ र नायक मनबहादुर पुन रहनु भएको छ ।
त्यसै गरी बिद्याप्रसाद मर्सानी, गणेश बहादुर भट्टराइ, बुद्ध गुभाजु र दिपक गोदार क्लबको सल्लहकारमा चयन हुनु भएको छ ।
उक्त अवसरमा हालै सम्पन्न भएको राष्ट्रिय प्रतियोगितामा किसम थापा मगर रजत पदक, लक्ष्मी तिमिल्सनाले काँस्य पदक ल्याएको भन्दै प्रमुख अतिथि क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष दिपक कोईरालाले खादा लगायर सम्मान गर्नु भएको थियो ।

 

कमेन्टहरु
Loading...