होमस्टे दर्ता गर्न १० हजार, होटल दर्ता गर्न ५ हजार ?

सागर राज तिमिल्सिना
पोखरा, ५ फागुन/ग्रामीण पर्यटन विकासका लागि सञ्चालनमा ल्याउने होमस्टे दर्ता गर्ने शुल्क बढि तोकेको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् । पर्यटन मन्त्रालयले केही दिन अगाडी  होमस्टे दर्ता गर्न सरकारले शुल्क लगाउने जानकारी दिएको थियो ।

२०६७ मा होमस्टे कार्यविधि लागु भएपछि सम्बन्धित पर्यटन कार्यालयमा दर्ता गरेर मात्र होमस्टे सञ्चालनमा ल्याउन सकिने प्रावधान छ । पर्यटन मन्त्रालयले होमस्टे दर्ता गर्न लाग्ने शुल्क बढि भएको भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले बताए । ‘शुल्क लगाउनै हुन्न भन्ने होइन’, उनले भने ‘ तर होटल दर्ता गर्दा ५ हजार मात्रै तिरे हुने तर होमस्टे दर्ता गर्दा १० हजार लिदा मर्का पर्ने बताए ।’ उनले सञ्चालनमा आए होमस्टेहरुलाई कुनै समस्या नभए पनि सञ्चालन गर्ने तयारी गरेका होमस्टेलाई भने मर्कामा पर्ने बताए ।

उनले ग्रामीण क्षेत्रमा पर्यटनका विकास गर्न होमस्टेको ठुलो भुमिका हुने बताए ।  त्यस्तै कास्कीकोटमा भुजेल गाउँ होमस्टेको दर्ताको प्रर्बद्धन गर्न लागि परेका चन्दे्रश्वर बस्ताकोटीले दर्ता शुल्क निधारणले दर्ता अप्ठ्रो परेको बताए । ‘हामीले कास्कीकोटमा दुई वटा गाउँमा होमस्टे सञ्चालन गर्न प्रक्रिया अगाडी बढाएका बेला शुल्क निर्धारणले अन्योल्ता छाएको छ,’ उनले भने ‘गाउँ पर्यटन विकास अवरोध गर्ने गर्दछ, सरकारले विचार गर्नु पर्दछ ।’

सरकारले माघ १८ गतेबाट लागु हुने गरी सामुदायिक तथा निजी होमस्टे दर्ताका लागि १० हजार रुपैयाँ शुल्क लगाउने निर्णय गरेको पर्यटन कार्यालय पोखराका सूचना अधिकृत टेकनाथ लम्सालले जानकारी दिए । उनले यसअघि होमस्टे दर्ता निःशुल्क हुने गरेको जानकारी दिए ।

नेपालमा स्याङ्जाको सिरुबारीबाट होमस्टेको सुरुवात भएको हो । कास्कीमा २०६७ सालमा सार्दीखोला ८ काभ्रेमा सुरु भएको हो । पर्यटन कार्यालय पोखराले गण्डकी धौलागिरीमा ६५ होमस्टे दर्ता भएको लम्सालले जानकारी । उनले गण्डकी धौलागिरीमा ६ बेडमा १२ सय बेड रहेको जानकारी दिए । तीमध्ये कास्कीमा सबैभन्दा बढी ३७ वटा दर्ता भएको छन् ।

कमेन्टहरु
Loading...