नेपाल नाई संघको अध्यक्षमा पुन विगुलाल ठाकुर

पोखरा, ४ फागुन / नेपाल नाई संघ कास्कीको सातौ अधिवेशन मंगलबार सम्पन्न गरिएको छ । सातौ अधिवेशनले पुनः विगुलाल ठाकुरलाई सम्र्वसम्मत अध्यक्षमा चयन गरिएको निर्वाचन अधिकृत मुरारी शर्माले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता सुरेन्द्र पाण्डेले राष्ट्रको विकासमा मजदुरको भूमिका महत्वपूर्ण रहेको भन्दै नेपाली काँग्रेस हिजो, आज र भोली मजदुरको पक्षमा रहेको बताए ।

नेता पाण्डेले संविधान मार्फत जनतालाई सम्बृद्ध वनाउन नेपाली काँग्रेसले मात्र अगुवा गर्न सक्ने ठोकुवा गरे । संविधान सम्सोधन मार्फत असन्तुष्ट पक्षलाई मिलाएर संविधानको पूर्ण कार्यान्वयन गर्न नेकाको नेतृत्व नै अपरिहार्य हुने उल्लेख गरे । देश निर्वाचनको मोडमा रहेको भन्दै एमालेले गर्दै आएको संविधान संम्सोधन प्रक्रियामा विरोधको कुनै तुक नभएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व आमन्त्रीत सदस्य एवं नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले श्रमलाई सम्मान गरेर हिड्न नेतृत्वलाई आग्रह गर्दै वर्गीय विषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेता कुँवरले जातिय विभेदमा नलाग्न अनुरोध गर्दै पार्टी भित्रको कमजोरीलाई पनि हटाउनु पर्नेमा जोड दिएका थिए ।
जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षता, जिल्ला सचिव आदेश ठाकुर र क्षेत्रीय सचिव भूनेश कुमार ठाकुरको सञ्चालनमा रहेको कार्यक्रममा नेका कास्की क्षेत्र नं १ का सांसद यज्ञवहादुर थापाले नेपाली काँग्रेस मात्र मजदूरहरुको पार्टी भएको उल्लेख गरे । कार्यक्रममा नेका कास्कीका जिल्ला सचिव सुदिपमोहन भट्टराई, कोषाध्यक्ष लक्ष्मी पाण्डे, युवा नेता युवराज कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष मुरारी शर्मा, नेपाल नाई संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुर, ट्रेड युनियन काँग्रेस कास्की अध्यक्ष कुलदेवी वराल, मजदुर नेता जीतवहादुर गुरुङ, नाई संघका क्षेत्रीय अध्यक्ष बलिराम ठाकुर, भैरवलाल ठाकुर, महिला संघकी शारदा गिरी, लालिमायाँ रेग्मी लगायतले वोलेका थिए ।
नाई संघको सातौ अधिवेशनले उपाध्यक्षमा आनन्द ठाकुर, सचिवमा आदेश ठाकुर, कोषाध्यक्ष भजू ठाकुर, सहसचिवमा दिपक ठाकुर र जिल्ला सदस्यहरुमा सन्तोष, राजेश, शिवजी, सतेन्दर, सुधिर, सुरेन्द्र, महिलामा राम दुलारी, शर्माजी, जयसन्दर, कृष्ण, शशिभूषण र राम्जी ठाकुर निर्वाचित भएका छन् । नाई संघको केन्द्रीय प्रतिनिधिमा लालबाबु ठाकुर, वलिराम ठाकुर, रामेश्वर ठाकुर र लालबच्चा ठाकुर निर्वाचित भएका छन् ।

कमेन्टहरु
Loading...