पोखरा, २ फागुन/लेखनाथ–१७ ठुल्ढुंगास्थित शिशु कल्याण आधारभूत विद्यालयमा सञ्चालित महायज्ञमा लक्ष्य बढी दान रकम संकलन भएको छ । महायज्ञमा दुई करोड रुपैयाँ संकलन गर्ने मूलआयोजक समितिको लक्ष्य रहेकोमा दुई करोड २५ लाख रुपैयाँ संकलन भएको हो ।
महायज्ञको सातौं दिनमात्रै ७० लाख रुपैयाँ संकलन भएको प्रचार संयोजक मोती गिरीले जानकारी दिए । दाताको उत्साहजनक सहभागिता बढेपछि आयोजकले महायज्ञ अवधि एक दिन थपेको छ । महायज्ञ मंगलबारमात्र सकिनेछ । युवापण्डित कमलनयन गौतमको प्रभावशाली वाचन तथा आयोजक समितिको क्रियाशीलताका कारण सोचे बढी संकलन भएको दान संकलन भएको हो ।
महायज्ञमा सोमबार लेखनाथ १७ की नन्दकली आचार्यले पाँच लाख ५५ हजार, पोखरा १७ महतगौंडाका बलबहादुर रानामगरले तीन लाख एक हजार, लेखनाथ १७ का जानकी आचार्य÷रमादेवी आचार्यले एक लाख ५० हजार, पोखरा २३ की सेतुमाया आचार्यले एक लाख २६ हजार, लेखनाथ १७, ठूल्ढुंगाका सूर्यलाल पौडेल÷मधुमाया पौडेलले एक लाख १५ हजार, ठूल्ढुंगाकी ढाकुमाया पौडेलले एक लाख १३ हजार, लेखनाथ १७, गण्डकीवेशीका तुलप्रसाद लामिछाने÷कृष्णप्रसाद लामिछानेले एक लाख पाँच हजार, लेखनाथ १७ का प्रेमबहादुर सुनार, लेखनाथ १८ गैरीगाउँकी नन्दकुमारी आचार्यले एक लाख एक हजार, लेखनाथ १७ चिसापानीका यज्ञप्रसाद अधिकारीले एक लाख एक हजार, लेखनाथ १७ का भीमकुमारी पौडेलले रामचन्द्र शर्माको स्मृतिमा एक लाख एक हजार, लेखनाथ १७ चिसापानीका यज्ञप्रसाद अधिकारीले एक लाख एक हजार, पोखरा २३, निर्मलपोखरीका जीवनाथ आचार्यले एक लाख रुपैयाँ दान दिए ।
विद्यालयको स्तरोन्नति गर्दै प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले विद्यालय परिसरमा गत माघ २५ देखि महायज्ञ सुरु भएको मूलआयोजक समितिका महासचिव डिल्लीराम बरालले जानकारी दिए ।