कन्या क्याम्पसमाको महायज्ञमा दोस्रो दिन ४० लाख संकलन

पोखरा, २६ माघ/पश्चिमाञ्चलकै पहिलो कन्या क्याम्पसमा प्राविधिक शिक्षा संचालन गर्ने उद्देश्यका साथ आयोजित शैक्षिक, धार्मिक महोत्सव एवं श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा दोस्रोदिन सम्म ४० लाख नगद संकलन भएको छ ।

माघ २५ गते देखि सुरु भएको महायज्ञ फागुन ३ गतेसम्म क्याम्पस प्राङ्गणमै सञ्चालन हुनेछ । क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरका अनुसार महायज्ञमा दान गर्नेको संख्या बढ्दै गएका छन् । कर्णशंकर पालिखे परिवारले एक लाख ११ हजार एक सय ११, मेजर चन्द्रबहादुर पहरे पुन परिवारले एक लाख ११ हजार एक सय ११, चन्द्रकला पराजुली, जगनसुवा गुरुङ, बसन्त बाटाजु, अभिनव श्रेष्ठ, देउबहादुर पुन, गोकुलप्रसाद÷यामकुमारी गुरुङ, युवराज आचार्य लगायतले रकम दान गरेको उनले जनाए ।

बुधबारदेखि श्रीमद्भागवत् वाचन प्रारम्भ भएको छ । यस्तै, नाटक प्रदर्शन, भजन किर्तन, दाताहरुलाई सम्मान कार्यक्रम गरियो । विहीबार पनि भागवत निरन्तरता भजनकिर्तन लगायतका कार्यक्रम हुनेछन् । महायज्ञमा प्रमुख वाचकको रुपमा युवा पण्डित दीनवन्धु पोखरेल र सहवाचक ध्र्रुवशरण बस्याल रहेका छन् ।

क्याम्पसमाा प्राविधिक शिक्षाको आवश्यकता महशुस गरी कन्या स्कुल र कन्या क्याम्पसको आयोजनामा महायज्ञ गरेको हो । सर्वसुलभ प्राविधिक शिक्षालय स्थापना गर्न, स्थानीय स्तरमै नै आत्मनिर्भर स्वरोजगारको वातावरण सृजना गर्न, बालक, युवा र जेष्ठ नागरिक सबैमा अध्यात्मिक चेतनाको विकास तथा यसतर्फ अभिप्रेरित गर्ने उद्देश्यका साथ संचालित महायज्ञमा सरिक भएर सहयोग गरिदिन आयोजक समितिले आग्रह गरेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानले फागुन ३ गतेसम्म पोखरा ३ नदीपुरमा रहेको क्याम्पस परिसरमा आयोजना हुने महायज्ञबाट करीब ५ करोड रुपैया आर्थिक संकलन गर्ने लक्ष्य राखिएकोे बताए।

कमेन्टहरु
Loading...