फोनिज कास्कीको अध्यक्षमा एमबी आस्था

पोखरा, २६ माघ/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)कास्कीको बुधवार पोखरामा सम्पन्न पाँचौ अधिवेशनले तीन वर्षे कार्यकालका लागि एमबी आस्था मगरको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ ।

समावेशी संचारका लागि हाम्रो अभियान, तमुवानसहितको संविधान संशोधनको पक्षमा पाँचौ जिल्ला अधिवेशन नाराका साथ पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा दिलप्रसाद गुरुङ, सचिवमा भुपाल गुरुङ, सहसचिवमा बिना थापामगर, कोषाध्यक्ष उमा आले मगर चयन हुनुभएको छ । यसरी नै सदस्यहरुमा गिता राना मगर, दुर्गा रानामगर, सुशिल श्रेष्ठ, छबि घर्ती मगर, रमेश गुरुङ, सोनिया लामा तामाङ, सम्राट गुरुङ र सुशील ज्वारचन रहनु भएको छ ।

अधिवेशनले प्रादेशिक प्रतिनीधिमा शिला गुरुङ, कञ्चन गुरुङ, सुकबहादुर घले र पर्यवेक्षकहरुमा इन्दिरा गुरुङ र सन्देश श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी केन्द्रीय प्रतिनीधिहरुमा हुमबहादुर गुरुङ, सरस्वती गुरुङ, शान्ति गुरुङ, रुद्रबहादुर गुरुङ, राजबहादुर गुरुङ, रुद्रबहादुर श्रीस मगर, खेम सारु मगर, जीतबहादुर गुरुङ, युग गुरुङ, मीना थापामगर, रोशनी गुरुङ र पर्यवेक्षकमा खडकजंग गुरुङ चयन हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमिति र प्रादेशिक एवं केन्द्रीय प्रतिनीधिहरुलाई निर्वाचन समितिका संयोजक रुद्रबहादुर थापामगरले पद तथा गोपनीयताका सपथ ग्रहण गराउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष एमबी आस्थाले आफ्नो कार्यकालमा आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्नका लागि अक्षयकोष स्थापनाको पहल गर्ने, समुदायसँग सहकार्यमा कार्यक्रमहरु गर्ने, सञ्चार माध्यमहरुमा मातृभाषाका समाचार कार्यक्रमहरुको लागि पहला गर्ने भन्नुहुदै पत्रकार महासंघको निर्वाचनमा आदिवासी जनजाति पत्रकारको नेतृत्व स्थापित, समावेशीतालाई जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले बधाई तथा शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजातिले उठाउदै आएको समावेशीताको मुद्धा सबै भन्दा पहिला पत्रकार महासंघबाट शुरुवात गर्ने बताउनुभयो । समावेशीताका लागि आवाश्यक परे महासंघमा हस्तपेक्षकारी भुमिका निर्वाह आग्रह गर्नुहुदै उहाँले आउदो पत्रकार महासंघको निर्वाचनमा समावेशीताको परिणाम प्रस्तुत गर्न कास्कीमा आदिवासी जनजाति पत्रकारलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।

यस अघि उद्घाटन समारोहमा उहाँले समानता चाहने र समावेशीताको माग गर्नेलाई जातियताको नाउमा खुट्टा काट्ने धम्की दिएकाहरुले समावेशिता स्विकार्नुपर्ने बताउनुभयो । जातका आधारमा लामो समयदेखि शासकहरु विभेद गरिरहने अनि आदिवासी जनजातिलाई जातियता देख्नेहरुले वास्तविकता बुझ्नुपर्ने बताउनुभयो । तमु धिं नेपालकी अध्यक्ष तथा कर्म कर्ण आदिवासी जनजाति पत्रकारीता पुरस्कार स्थापनाकर्ता कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै आवाज विहीन आदिवासी जनजातिका आवाज संचार माध्यमहरु बन्नुपर्नेमा त्यसो हुन नसकेका कारण फोनिज स्थापना भएको बताउनुभयो । उहाँले आवाज विहिनका आवाज बुलन्द गर्नका लागि आफुले सानै भए पनि पुरस्कारबाट आदिवासी जनजाति पत्रकारलाई प्रोत्साहित गर्न चाहेको बताउनुभयो ।

कमेन्टहरु
Loading...