सिद्धार्थ बैंकको EMV Chip कार्ड सञ्चालनमा

पोखरा, २६ माघ /सिद्धार्थ बैंकले प्रदान गर्दै आएको विभिन्न कार्ड सेवाहरु – डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी EMV Chip कार्डका रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले अब उपरान्त ग्राहकहरुलाई EMV Chip कार्ड उपलब्ध गराउनुका साथै हाल सञ्चालनमा रहेका Magnetic Stripe डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई पनि EMV Chip कार्डले प्रतिस्थापन गर्नेछ ।

विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै Magnetic Stripe भएका कार्डहरुमा रहेका कमीकमजोरीहरुलाई हटाउन बैंकले नयाँ EMV Chip कार्ड प्रविधि सञ्चालनमा ल्याएको हो । बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत समेत गराउँदै आएको छ ।

यस EMV Chip कार्डले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउनेमा बैंक विश्वस्त छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ८३ एटीएम, १ मोबाइल एटीएम र १५० भन्दा बढी POS मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।

कमेन्टहरु
Loading...