पोखराको बजारमा पोषणयुक्त कालो चामल

पोखरा २० माघ/बजारमा अहिले धेरै जसो पालिस गरिएको सेतो चामल पाइन्छ जो हामीले दैनिक रुपमा उपभोग गर्छौँ र छिटफुट रूपमा रेड राइस, ग्रे राइस, ग्रे ग्रिन राइस, ब्राउन राइसहरू बजारमा उपलब्ध छन्। कालो चामल पनि पाइन्छ, भन्ने कुरा धेरैलाई थाहा नहोला। छिटफूट मात्रामा बजारमा पाइने यो अरुको तुलनामा महँगो पर्छ।

जि–६० धानबाट कालो चामल बन्छ। कालो चामल अब पोखराको बजामा पनि उपलब्ध हुन थालेको छ । विशेषतः यो धानको खेती पहाडी भेगमा राम्रो हुन्छ। यो धानको रोग प्रतिरोधात्मक क्षमता अन्य जातको धानभन्दा बढी रहेको बताइन्छ। यसलाई ८/१० घण्टा भिजाएर अन्य चामलमा एक तिहाई मिसाई पकाउनु पर्दछ। एक छाकमा १५ ग्राम अन्य चामल सँग मिसाएर पकाउनु पर्दछ । यो चामलले स्वस्थ्यमा निकै फाइदा पुग्ने राप्ती गोल्र्डन एग्रिकल्चरका सञ्चालक चुडानन्द देवकोटाले जानकारी दिए ।

‘यसको दैनिक एक चौथाई मात्र सेवनले पनि रक्तअल्पता, क्यान्सर, मधुमेह, हृदयघात, उच्चरक्तचाप, अल्जाइमर, मुटुरोग, जस्ता रोगहरुबाट बच्न मद्दत पुर्याउँने उनको भनाई छ । ‘यसमा रहेको चार प्रतिशत भन्दा बढी आइरनको मात्राले रक्तअल्पता तथा विषेश गरी महिलाहरुलाई गर्भवती अवस्थामा आइरनको कमीबाट हुने रोगबाट बचाउन समेत मद्दत गर्दछ’ उनको भनाई छ ।

यो धानको जीवन नब्बे दिनको हुन्छ, अर्थात नब्बे दिनमा यो धान पाक्दछ। यो धानको अपगुण भनेको यसको धान छोटो हुने र यसलाई झार्न थ्रेसर नै प्रयोग गर्नुपर्छ। काठमाडौं, पोखरा, झापा, महेन्द्रनगर, चितवन आदी ठाँउहरुबाट यो चमलको विक्रि सुरु भएको छ । यो चामल पोखराको चिप्लेढुङ्गा स्थित विनायक सुपरमार्केट र अन्य सुपरमार्केटमा समेत राखेको उनको भनाई छ ।

विगत ४ बर्षदेखि विविध कृषि फर्म प्रालिको नाममा दाङमा कालो चामल उत्पादन गरको बताए । उनल पहिलो विऊका लागि मात्र उत्पान गरेकार दुईवर्ष देखि चामका लागि विक्रि सुरु गरेको उनको भनाई छ । जि–६० धानको बिउ ७०० रुपैयाँ प्रति केजी पर्छ । दाङ, सल्यान र रुकुममा गरी तीन स्थानमा यसको ब्यवसायीक उत्पादन गरिदै र्फमका सञ्चालक दुर्योधन ओलीले बताए । उनका अनुसार तीन स्थानमा गरी हाल बार्षिक झण्डै ७ सय मुरी उत्पादन भएको बताए ।

चामल कालो हुने भएपनि यसको धान अन्य धान जस्तै हुन्छ । अन्य धान सरह उत्पादन हुने तर अन्य धानको तुलनामा चामल बढी निस्कने ओलीले बताए । उत्पादन कम भएको र मुल्य पनि बढी भएकाले सिमित स्थानमा मात्रै यसको विक्री वितरण हुने गरेको छ । समुन्द्र सतहबाट १ देखि २ हजार मिटर उचाइमा यसको उत्पादन राम्रो हुने जानकारहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...