जंगल भित्र भारत र नेपालका पहल मानको ‘कुस्तीबाज’

पोखरा, १९ माघ /भारत र नेपालका चर्चित रेस्लिङ खेलाडीहरुको कुस्ती बाज पोखरेली दर्शकले लाइभ हेर्न पाउने भएका छन् । जंगल भित्र उनीहरुले आपसमा कुस्ती खेल्नेछन् । फागुन १२ गतेदेखि पोखराको शान्तिवन वाटिकामा शुरु हुने जंगल फेस्टिभलको तेस्रो सँस्करण अन्तरगतआयोजकले रेस्लिङलाई कार्यक्रममा समावेश गरेको हो ।

भारत र नेपालकाचर्चित रेस्लिङ खेलाडीहरुबीचको रोमाञ्चकारी भिडन्त ४ दिनसम्मचल्ने आयोजक परिचय नेपालकाअध्यक्ष सोभित बस्यालले जानकारी दिए । ‘अन्तराष्ट्रियस्तरको रेस्लिङ खेल दर्शकले लाइभ हेर्न पाउनेछन् ।’ बस्यालले भने–‘यो पोखरेलीदर्शकको लागिएकदमै नौलो स्वादको हुनेछ ।’

जंगलभित्रहुने कुस्ती (रेस्लिङ) खेलमाभारतका ८ जना र नेपालका ८ जनापहलमानहरु भिड्नेछन् । ‘साविक भैरहने अन्यमहोत्सवको तुलनामाजंगल फेस्टिभल निकै फरक स्वादको बनाउनहामीले अझै बढि तयारी गरिरहेका छौँ ।’ अध्यक्ष बस्यालले भने–‘दर्शकले मनोरञ्जनको पूर्ण प्याकेज पाउन् भन्ने हाम्रो चाहनाहो ।’

जंगल फेस्टिभलमा यो पटकअझै बढिनौला र रोचककार्यक्रमहरु आयोजकले समावेश गर्ने जनाएको छ । यसअघि उसले जंगलमै फेशनशो गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।  ‘जंगलथिम’मागरिने फेशनशो मापोखराकाचल्तीकामोडल र केहि नयाँमोडलहरु समेत ¥याम्पमाउत्रिँदैछन् ।

यो पटक १० जनामहिलामोडल र ३ जनापुरुषमोडलले जंगल फेस्टिभलमा ¥याम्पमाउत्रेर माहौल गर्माउनेछन् । आयोजक परिचय नेपालले यतिबेलाजंगल फेस्टिभलको तयारी निकै तिव्र रुपमा अगाडि बढाएको छ ।

कमेन्टहरु
Loading...