होटल संघमा सपथ र पदभार ग्रहण

पोखरा, १३ माघ / पश्चिमाञ्चल होटल संघ पोखराको १८ औं अधिवेशनबाट माघ ७ मा नवनिर्वाचित संघका अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीहरुले बिहीबार सपथ तथा पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित कार्यसमितिलाई संघको निर्वाचन समितिका संयोजक मेहरमान श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

लगत्तै बसेको कार्यसमिति बैठकले सल्लाहकार समिति चयन गरेको र पदाधिकारी विच संघले गर्ने विभिन्न कार्य विभाजन पनि गरेको संघका अध्यक्ष बिकल तुलाचनले जानकारी दिए । यसैविच नेपाली नयाँ बर्षका अबसरमा संघले आयोजना गर्दै आएको फेवा नव बर्ष महोत्सव लाई सफलतापूर्बक सम्पन्न गर्न तयारी अगाडि बढाउने निर्णय पनि गरिएको अध्यक्ष तुलाचनले बताए । सपथ ग्रहणका अबसरमा बोल्दै तुलाचनले संघका सबै पदाधिकारी, सल्लाहकार, साधरण सदस्य तथा पर्यटन क्षेत्रका प्रबुद्ध महानुभावको सल्लाह र सुझाव अनुसार पोखरा र वरपरको पर्यटकीय विकास तथा प्रबद्र्धनमा काम गर्ने बताए ।

यसैगरी बैठकपछि बिहीबार नै होटल, उद्योग तया अन्य पर्यटकीय प्रतिष्ठानमा खपत हुने विद्युतको अबस्था मुल्यांकन गरी महशुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा एक गैरसरकारी संस्थाका तर्फबाट प्रस्तुती समेत देखाइएको थियो । बुटवल उद्योग बाणिज्य संघ अन्तर्गत संचालित इनर्जी इफिसियन्सी युनिटले उक्त प्रस्तुती देखाएको थियो ।

प्रोजेक्ट मेनेजर मोहमद अबुल हसन खान र नेपाल इनर्जी इफिसियन्सी प्रोग्रामका विकास सल्लाहकार क्लाउस बुर्खातले आफ्नो होटलमा खपत हुने गरेको विद्युतको अबस्था अध्ययन गरी यसलाई न्यून गर्न सहयोग गर्न तयार रहेको सो अबसरमा ब्यबसायीलाई बताएका थिए ।

कमेन्टहरु
Loading...