सेवा शुल्क सतप्रतिशत माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा

पोखरा ८ माघ /दश प्रतिशत सेवा शुल्क सत प्रतिशत मजदुरलाई नै दिन माग गर्दा व्यवसायीले वेवास्ता गरेको भन्दै पर्यटन होटल सम्वद्ध मजदुरहरु आन्दोलित भएका छन् । विभिन्न मजदुर संगठनहरुले पर्यटन होटल सम्वद्ध केन्द्रीय संयुक्त संघर्ष समिति गठन गरी प्रत्यक जिल्ला÷प्रतिष्ठानहरुमा समेत संघर्ष समिति गठन गरेका छन् ।

विरोधका कार्यक्रम अन्तर्गत प्रत्यक जिल्ला तथा प्रतिष्ठानमा माघ १४ गते भित्र विरोधको संयुक्त व्यानर टाग्ने, १५ गते हरेक जिल्ला तथा प्रतिष्ठानमा जिल्ला स्तरीय विरोधका कार्यक्रम गर्ने, पर्चा पोष्टर तथा अन्तरक्रिया गर्ने, माघ २८ गते हान, रेवान र प्रतिष्ठानहरुमा वेवस्थापनको चेम्वर घेराउ गर्ने लगाएतका कार्यक्रम रहेका छन् ।

पहिलो चरणका विरोध कार्यक्रमबाट पनि सम्बन्धीत निकायले नसुनेमा फागुन एक गतेबाट सशक्त आन्दोलनमा उत्रने चेतावनी मजदुर संगठनले दिएका छन् । अखिल नेपाल होटल क्यासिनो तथा मजदुर संघका अध्यक्ष माधव पाण्डे, नेपाल होटल क्यासिनो मजदुर संघका खेमराज खड्का, नेपाल स्वतन्त्र होटल पर्यटन मजदुर संघका अध्यक्ष सुर्यवहादुर कु्ँवरले संयुक्त रुपमा हस्ताक्षरीत विज्ञप्तिमा तत्काल दश प्रतिशत शेवा शुल्क सत प्रतिसत मजदुरलाई नै दिन माग गरेका छन् ।

विसं २०६४ चैत दस गते नेपाल होटल संघ र विभिन्न ट्रेड युनियनवीच दश प्रतिशत शेवा शुल्क सम्वन्धी संझौता भएको थियो । सेवा शुल्क संवन्धी पुनरावलोकनको माग गर्दा होटल संघले वेवास्ता गरेको र मजदुरका नाममा लिईने सेवा शुल्क समेत होटल संचालकहरुले नै खाने गरेको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष गणेश रेग्मीले वताए । गत पुस २७ गते मजदुर संघठनहरुले होटल संघ नेपाललाई ध्यानाकर्षण पत्र लेखेर समाधानका लागी एक हप्ताको समय दिएको र त्यसको समेत कुनै सुनुवाई नभए पछि वाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनीक गर्नुपरेको अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव राजेन्द्र न्यौपानेले वताए ।

कमेन्टहरु
Loading...