लेखनाथ महोत्सवमा चाईल्ड ट्यालेन्ट सो प्रतियोगिता हुने

लेखनाथ, ८ माघ/“महोत्सव लेखनाथको सस्कृति–स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ माघ २७ देखी फागुन ८ गते सम्म हुने पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव २०७३ मा चाईल्ड ट्यालेन्ट सो प्रतियोगीता हुने भएको छ।

विगतका वर्षहरु जस्तै यस वर्ष पनि आयोजना गर्न लागिएको चाईल्ड ट्यालेन्ट सो प्रतियोगीतालाई भव्यताका साथ सम्पन्न गर्नका लागि ऋषिराम जमरकटेलको संयोजकत्वमा २६ सदस्यीय उपसमितिको निर्माण गरि तयारीलाई अगाडि वढाएको छ ।

विद्यार्थीहरुमा भएको अन्तरनिहित क्षमता र दक्षतालाई अभिवृद्धि गर्नको लागि प्रतियोगितामा एकल गायन तथा नृत्य प्रतियोगिता राखिने भएको हो । प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुले भाग लिन पाउने भएका छन् । प्रतियोगीतामा दूवै विधामा प्रथम हुने लाई रु १५००० , द्धितिय लाई रु १००००, तृतीय हुनेलाई रु ५००० र सान्त्वना हूने दुई जना प्रतियोगीहरुलाई रु २०००÷२००० प्रदान गरिने उपसमितिका संयोगक ऋषिराम जमरकट्टेलले जानकारी दिएका छन् ।

प्रतियोगितामा नृत्य विधा तर्फ प्रथम र द्धितीय हून सफल विद्यार्थीहरुलाई अनूसिलन कला पाठशाला पोखरा र सरगम सास्ूकृतिक कला केन्द्र लेखनाथले निशूल्क रुपमा ३।३ महिनाको नृत्य प्रशिक्षण प्रदान गरिने छ । सँथै प्रतियोगितामा गायन विधा तर्फ प्रथम र द्धितीय हून सफल विद्यार्थीहरुलाई त्रिवेणी संगितालय न्युरोड पोखरा र गूरुकूल संगित प्रशिक्षण केन्द्र न्युरोड पोखरावाट निशूल्क रुपमा ३÷३ महिनाको गायन प्रशिक्षण प्रदान गरिने भएको छ । प्रतियोगिताका लागि पहिलो चरणबाट छनोट भएका उत्कृष्ट विद्यार्थीहरुलाई मात्र महोत्सवको स्टेजबाट आफनो प्रतिभा देखाउन पाउने भएका छन् ।

कमेन्टहरु
Loading...