स्याङ्जाको एलादी गाविसको खाल्टेमा सुन्तला होमस्टे

स्याङ्जा, ८ माघ /गाउँ नै व्यावसायीक सुन्तला खेतीमा लागेपछि स्याङ्जाको एलादी गाविसको खाल्टे गाउँ अहिले सुन्तलावारीको नामले परिचित भएको छ । सुन्तला खेतीबाटै राम्रो आम्दानी गरेका स्थानीयले सुन्तलावारी होमस्टे सञ्चालन गरेपछि खाल्टे गाउँ कृषि पर्यटनको गन्तव्य बन्दै गएको छ ।

स्याङ्जा एलादी गाविसको खाल्टे गाउँका ३२ घरपरिवारले व्यावसायिक सुन्तला खेती गरेका छन् । सुन्तला खेतीबाटै गाउँमा ५० लाख रुपैयाँ भन्दा बढी रकम भित्रिन थालेको छ । सुन्तलाखेतीसँगै पर्यटक भित्र्याउन गाउँलले सुन्तलावारी होमस्टे समेत सञ्चालन गरेका छन् । आतिथ्यतासँगै पर्यटकलाई बगंैचा अवलोकन गर्ने र सिजनमा बोटबाटै सुन्तला टिपेर खाने व्यवस्था मिलाइएपछि होमस्टे आउनेहरु पनि बढ्दै गएको सुन्तलावारी सामुदायीक होमस्टेका अध्यक्ष डिल विक्रम गुरुङले बताए ।

उनले पर्यटकहरु सुन्तलाबारी रमाउने गरेको बताए । होमस्टे सञ्चालन पछि गाउँमा रोजगारी र आम्दानी समेत बढेको उनको भनाई छ । सुन्तलावारी होमस्टेमा आउने पर्यटकको बसाई अवधि लम्ब्याउन नेपाल पर्यटन बोर्डको सहयोगमा गाउँमै साहसिक खेल क्यानोइङ पनि सुरु भएको छ । सुन्तला खेतीको थप विस्तार गरी गाउँमै सुन्तलाका विभिन्न परिकार बनाउने र नमुना कृषि पर्यटनको गन्तव्य बनाउने योजना रहेको अध्यक्ष गुरुङले बताए ।

कमेन्टहरु
Loading...