पार्वती र शंकरको नाचले पोखरेली मोहित, बिहीबार भेडिखर्के साईलालाई सम्मान गर्ने

पोखरा, ५ माघ /पोखराको अमरसिंह चौरमा जारी सातौ संस्करणको पोखरा महोत्सवको छैठौ दिन पार्वती राई र शंकर बिसीले नृत्य मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरे । सधैजसो टेलिभिजनका पर्दामा मात्र देखिने पार्वती राई र शंकर बिसी अमरसिंह चौरको महोत्सवमा आउने खवर पाएका पोखरेली दोहोरी नृत्यका पारखीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

महोत्सवमा दिन प्रतिदिन दर्शकको उपस्थिती बाक्लिदै गईरहदा बुधवार महोत्सवमा उपस्थित दर्शकलाई पार्वती राई र शंकर बिसीको एकल र सामुहिक नृत्यले भरपुर मनोरन्जन प्रदान गरेका थिए । पार्वती राई र शंकर बिसीको नृत्य संगै छैठौ दिन महोत्सवमा आएका लोकदोहोरी गायिका राधिका हमाल, चोलेन्द्र पौडेल, ज्योती लोहोनी, कृष्ण देवकोटा, सुजन लम्साल, दिलु लामा, शुरेश भुर्तेल र अरुण लामिछानेले लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।

महोत्सवमा बिहीबार गण्डकी अञ्चलको लम्जुङ र तनहुमा बहु चर्चित ठाडो भाकाका सर्जक भेडिखर्के साईला (दीर्घराज अधिकारी) र मन्जु बिकले दर्शकहरुलाई ठाडो भाकाबाट मनोरन्जन प्रदान गर्नेछन ।त्यसैगरी लोकदोहोरी गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजन गुरुङ, प्रदिप त्रिपाठी, चन्द्रा कार्की, शंकर पन्त, सृष्टी पुन लगायतले लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गर्नेछनभने लाइभ तथा पप कन्सर्टतर्फ मन्त्र ब्याण्डको प्रस्तुती रहने छ । महोत्सवको बीच ठाडो भाकामा पु¥याएको योगदानको कदर गर्दै महोत्सव आयोजक युनाइटेड क्लवले विशेष सम्मान गर्ने महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले वताए ।

महोत्सवको छैठौ दिन १६ हजार ५ सय दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छनभने ९५ लाखको कारोबार भएको छ । महोत्सवमा विशेष गरी विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको छनभने महोत्सव स्थलमा निर्माण गरिएको लेखनाथ पचभैयामा निर्माणधिन चिडियाखानको भु आकृति स्याण्ड मोडेलले दर्शकलाई आकर्षण गरेकोछ । त्यस्तै चिडियाखाना निर्माण स्थलमा निर्माण हुदै गरेको वन्यजन्तु उद्धार केन्द्रको सहयोगार्थ बन्यजन्तु अवलोकन केन्द्रले समेत दर्शकलाई ध्यान केन्द्रित गरेको छ ।
त्यसैगरी महोत्सवमा आयोजना गरी पोखरा तारा तीन अन्तर्गत बुधवार टप छ छनौट भएको छ ।

बुधवार टप आठ बाट टप छ छनौट गरिएको हो । बुधवार सम्पन्न अडिसनबाट प्राप्ती तुलाचन, बबि सुनार, सुगम थापा, अनिल बिके, बिशाल रेग्मीर यम बहादुर नेपाली टप छ मा प्रवेश गरेका हुन भने यम डी काफ्ले र प्रकाश तामाङ बाहिरिएको पोखरा तारा प्रतियोगिताका सञ्चालक राज गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...