१५ औ आहा रारा गोल्डकपमा आयोजको अग्रता

पोखरा, ४ माघ /१५ औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबले अग्रता लिएको छ । उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले पहिलो हाप सम्ममा  सुदुरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ३- ० ले पछि पारेको छ ।

सहाराका लागि २ गोल विदेशी खेलाडीले गरेका छन् । सहाराका लागि पहिलो गोल ५ औ मिनेटमा मार्टिनले गरे भने दोस्रो गोल खेलको २६ औ मिनेटमा रिचार्ज पुनले गरे ।

त्यसै गरि तेस्रो गोल ३७ औ पिटर सेगुनले गरेका छन् । भोलीको खेल माघ ५ गते सशस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लबविच हुने छ ।

कमेन्टहरु
Loading...