ओमको मुनाफा १९ करोड २ लाख

पोखरा, ४ माघ /ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पुस मसान्तसम्म १२ अर्ब ९८ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड कर्जा लगानी गरि २९ करोड ८९ लाख सञ्चालन मुनाफा तथा १९ करोड २ लाख खुद मुनाफा गरेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशत रहेको छ भने निक्षेप तरलता अनुपात २३.१३ प्रतिशत रहेको छ ।

बैंकले मनास्लु विकास बैंक लिमिटेडसंग मर्जरमा जानको लागि सैदान्तिक सहमति प्राप्त भईसकेको छ भने आस्वा प्रणालीको लागि पनि स्वीकृती प्राप्त गरिसकेको ब्यहोरा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले बताए ।

कमेन्टहरु
Loading...