मुनाल सहकारी नवौं वर्षमा

पोखरा, ३ माघ /पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लि. आजबाट स्थापनाको आठौं वर्ष पुरा गरी नवौ वर्षमा प्रवेश गरेको छ । सहकारीले नवौं वार्षिक उत्सवको अवसरमा लेखनाथ नगरपालिका वडा ६ सहेलेपाखा स्थीत कृष्णप्रणामी बृद्घाश्रमलाई १ थान कलर टेलिभिजन हस्तान्तरण गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष मेघनाथ काफ्लेले बृद्घाश्रमका अध्यक्ष दुर्गाप्रसाद गौतमलाई उक्त टि भि हस्तान्तरण गर्नुभएको हो । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै बिभिन्न सामाजिक कार्य गर्दै आईरहेकोे जनाएको छ । २०६५ माघ ०३ गते देखी कारोवार सञ्चालन गरेको यस सहकारीको कास्की जिल्लाभरी कार्यक्षेत्र रहेको छ ।

सहकारीले पोखराको नयाँबजार स्थीत आफ्नै निजी भवन बाट आफना सदस्यलाई बितिय सेवा प्रदान गर्दै आएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा मुनाल सहकारीका अध्यक्ष मेघनाथ काफ्ले ,उपाध्यक्ष दुर्गा प्रसाद हुमागाई, निर्बतमान अध्यक्ष बिनोद ढुगांना, कोषाध्यक्ष मगनलाल श्रेष्ठ, सदस्य तथा कार्यक्रम संयोजक मुक्तिनाथ अधिकारी, बृद्घाश्रमका अध्यक्ष दुर्गाप्रसाद गौतम,बृद्घाश्रमका सल्लाहाकार कृष्ण प्रसाद ढुगांना लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...