र्‍याप गायक यम बुद्धको निधन

एजेन्सी, लन्डन, २ माघ/चर्चित युवा गायक एवं र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ। २९ वर्षिय अधिकारी शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। उनी पत्नी सहित लन्डनमा बस्दै आएका थिए।

उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बीबीसी नेपाली सेवाका अनुसार अनिलका पारिवारिक सदस्यले मृत्युको पुष्टी गरेको जनाएको छ।

उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ।  साथी तथा आमा जस्ता गीतका लागि चर्चित रहेका अधिकारी पछिल्लो समय खतरा एल्बम निकाल्ने तयारीमा थिए। उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा केही खुल्न सकेको छैन ।

कमेन्टहरु
Loading...