सातौ पोखरा महोत्सवको दोश्रो दिन २० हजार दर्शकद्धारा अवलोकन

पोखरा, २ माघ/ पोखराको अमरसिंह चौरमा जारी सातौ पोखरा महोत्सवको दोश्रो दिन २० हजार दर्शकले अवलोकन गरेका छन । महोत्सवमा शनिवार २० हजार दर्शकले अवलोकन गरेका छनभने एक करोड २५ लाख कारोवार भएको महोत्सव प्रचारप्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

महोत्सवको दोश्रो दिन लोकदोहोरी गायक तथा लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले दर्शकलाई रुवाए । बद्री पंगेनी संगै शनिवार चर्चित कलाकारहरु चोलेन्द्र पौडेल,सम्झना भण्डारी, सरस्वती लामिछाने, श्रीराम अधिकारी, कृष्ण सुवेदी, अनिल ढकाल र माया केसीको प्रस्तुती रहने छ ।

भने प्रीति आलेको बेली डान्स रहने छभने हास्य कलाकार तर्फ सागर लम्साल (बले) र हरिस निरौला (कक्रोज)को प्रस्तुती रहनेभने लाइभब्याण्ड तर्फ GX Soul & COD र लोकल ब्याण्ड तर्फ द स्क्र्याच जोर्नीको प्रस्तुती रहने छ । त्यसैगरी सातौ पोखरा महोत्सवमा जारी पोखरा तारा तीन अन्तर्गत शनिवार टप १२ मध्ये ६ जनाले आफ्नो प्रस्तुती पस्तुत गरेभने आइतबार बांकी रहेका ६ जनाले प्रस्तुती राख्नेछन ।

पोखरा तारा तीनको उपाधी जित्नेले ५० हजार नगद, ट्रफी र प्रमाणपत्र, उपबिजेताले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र र सान्तवना स्थान हासिल गर्नेले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको प्रत्येक टिकटमा नेपाल टेलिकमको सीमकार्ड प्राप्त गर्नेछन । सो सीमका लागी नागरिकता वा सवारी चालक प्रमाणपत्रको फोटोकपी र फोटो ल्याउनु पर्नेछ । सीममा ५० रुपैया ब्यालेन्स रहने छ ।

कमेन्टहरु
Loading...