गण्डकी विकास बैंकको बिशेष साधारणले मर्जर प्रस्ताव पारित

पोखरा, १ माघ /गण्डकी विकास बैंककोे शुक्रवार सम्पन्न विशेष साधारण सभाले पोखरामा केन्द्रीय कार्यालय रहि राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत फेवा विकास बैंकसँग एक आपसमा मर्जर गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

उक्त सभाले फेवा विकास बैंकसँग मर्जर प्रयोजनको लागी शेयर स्वाप अनुपात एक वराबर एक हुने प्रस्तावलाई समेत पारित गरेको छ । सोही सभाले मर्जर पश्चात गठन हुने संचालन समितिमा प्रतिनिधित्व संचालकहरु चयन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिने प्रस्ताव पनि पारीत गरेको प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले वताए ।

यस पश्चात बैंकले अन्तिम स्विकृतिको लागी राष्ट्र बैंक समक्ष निवेदन पेश गर्ने छन् र चाडै नै संयुक्त कारोवार हुनेछ । मर्जर पश्चात बैंकको नाम गण्डकी विकास बैंक लिमिटेड कायम हुने छ भने बैंकको संचालक समिति अध्यक्षमा जगनबहादुर गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा रहेन छन् भने गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा मर्जर पछिको बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा रहनेछन् ।

मर्जर पश्चात बैंकको कुल चुक्ता पुँजी एक अर्व ८४ करोड ३९ लाख २६ हजार दुई सय मात्र पुग्नेछ भने कुल शाखा संख्या ५० र एटिएम संख्या २० पुग्नेछ । त्यस्तै कुल निक्षेप दायित्व १७ अर्व ६८ करोड एवं कर्जा लागानि १५ अर्व ४० करोड हुने र कुल ग्राहक संख्या दुई लाख भन्दा बढी हुनुका साथै शाखा संजालको आधारमा बैंक राष्ट्रिय स्तरको विकास बैंकमा अग्रणी स्थानमा रहने वताईएको छ ।

कमेन्टहरु
Loading...