नेपाल एग्रो माइक्रोफाइनान्सको प्रथम साधारण सभा

पोखरा, १ माघ/ नेपाल एग्रो माइक्रोफाइनान्स वित्तिय संस्थाको प्रथम बार्षिक साधारणसभा शुक्रवार पोखरामा सम्पन्न भएको छ । वित्तीय संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गरी तत्काल जारी गर्ने शेयर पूँजी रु.४ करोड र चुक्तापुँजी रु.२ करोड ८० लाख पु¥याउने जनाइएको छ ।

सभाले रमेश कुमार कर्माचार्य, निलकण्ठ शर्मा लम्साल, डा विनिता कोइराला, सिए विवेक श्रेष्ठ र सरिता अधिकारीलाई बढिमा ४ वर्षको लागि सञ्चालकमा चयन गरेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए । नेपाल एग्रो माइक्रोफाइनान्सका अध्यक्ष रमेश कुमार कर्माचार्यले प्रचलित कानूनको अधिनमा रही ग्राहक सदस्यको चाहना र आवश्यकता अनुसारको कर्जा वचत तथा अन्य सेवालाई दीर्घकालसम्म प्रदान गरी सहयोगी तथा आफन्त संस्थाको रुपमा रहने, कृषि क्षेत्रको विकास गर्न कर्जाको साथै विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, मुनाफा सगै सेवालाई प्राथमिकतामा राखी कार्य गर्ने बताए ।

संस्थाले हालसम्म कास्कीकोे विन्द्यावासिनी र गगनगौडा, रोल्पाको खङ््ग्री, प्युठानको विजुवार, सल्यानको कपुरकोट, श्रीनगर र थारमारे, पर्वतको कुश्मा, पाल्पाको रामपुर र वर्तुङ, तनहुँको खैरेनीटार गरी ११ शाखा स्थापना गरीसकेको छ । यस अवधिमा २ हजार ९ सय ग्राहक सदस्यबाट ७२ लाखभन्दा बढि वचत संकलन गरेको र ८ करोड भन्दा बढि कर्जा लगानीमा रहेको कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए ।

कमेन्टहरु
Loading...