सातौ पोखरा महोत्सव आजदेखि अमरसिंह चौरमा सुरु

पोखरा २९ पुस । सातौ पोखरा महोत्सव आजदेखि पोखराको अमरसिंह चौरमा सुरु भएको छ । आगामी माघ १० गते सम्म सञ्चालन हुने महोत्सवको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरे ।महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले मेला महोत्सव आर्थिक सम्बृद्धिको बाहक भएको वताए ।स्थानिय लगानीको प्रवद्र्धन गरी केन्द्रीय लगानीलाई आकर्षण गर्नुका साथै राजनैतिक दललाई बिकास तर्फ ध्यान दिन यस्ता महोत्सवले भुमिका खेल्ने वताउदै मन्त्री महराले महोत्सवको आयोजना गरेर युनाइटेड क्लवले पोखरामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको वताउदै राम्रो काममा निरन्तर लागी परे राम्रो फल पाउने वताए ।

राजनैतिक अवस्था अस्थिरता भएकै कारण मुलुकको बिकास हुन नसकेको वताउदै मुलुकमा तत्काल निर्वाचन गरी राजनैतिक अवस्थालाई राम्रो बनाउन सकेको खण्डमा बिकासको लहर छाउने उनको भनाइ रहेको थियो । सो अवसरमा वोल्दै प्रकृति संरक्षण विज्ञ जुद्ध बहादुर गुरुङले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी प्रकृति संरक्षण संगै विभिन्न सामाजिक काममा लागेकोमा धन्यवाद ब्यक्त गर्दै राजनैतिक दलहरुले नेपालको प्राकृतिक सम्पदालाई चिन्न नसकेको वताए ।सो अवसरमा वोल्दै कास्की क्षेत्र नम्बर एकका शांसद यज्ञ बहादुर थापाले पोखरामा चिडियाखाना निर्माणमा ढिलाइ भएकाले यसलाई ध्यानाकर्षण गर्न केन्द्रमा झक्भक्याउन आवश्यक रहेको वताए ।

त्यस्तै क्षेत्र नम्बर दुइका शांसद शारदा पौडेलले नेपाल सरकारले बिकासका काममा चासो नदेखाएको वताउदै विशेष गरी ग्रामीण भेगका किसानहरुलाई लक्षित गरी बिकासका पूर्वाधारहरु निर्माण गर्नतर्फ सरकार लाग्नुपर्नेमा जोड दिइन ।नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापाले सरकारले बिकासको काममा भन्दापनि राजनैतिक अस्थिरता निर्माण गर्ने काममा लागेकाले राजनैतिक अस्थिरताको अन्त्य गरी समग्र नेपालको बिकासतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्र कास्कीका संयोजक दिपक कोइरालाले युवाहरुले आयोजना गरेको पोखरा महोत्सवले पोखरामा छुट्टै पहिचान बनाएकाले युवाहरुले चाह्योभने जे पनि गर्न सक्छन भन्ने उदाहरण युनाइटेड क्लवले देखाएकोमा युवाहरुले एकजुट भएर देशको बिकासतर्फ वढ्नुपर्नेमा जोड दिए ।

क्षेत्रि वन कार्यालय पोखराका वन निर्देशक धनन्जय पौडेलले पोखरा महोत्सवले महोत्सवकै माध्यामबाट चिडियाखाना निर्माण जस्तो बन र बन्यजन्तु संरक्षणमा देखाएको चासो प्रति अभार ब्यक्त गरे । अमरसिंह उच्च माबि विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष वैन बहादुर अधिकारीले पोखरा महोत्सवले सामाजिक क्षेत्रमा उल्लेख्नीय काम गरेको भएतापनि अमरसिंह उच्च माबिमा केही लगानी नगरेकोमा गुनासो ब्यक्त गरे । पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक तथा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवले स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको र अघिल्लो वर्षदेखि पोखराको लेखनाथमा चिडियाखाना निर्माण शुरु भइरहेको वताए ।

चिडियाखाना निर्माण संगै अहिले लेखनाथमा जंगली जनावरको उद्धार केन्द्र निर्माणको काम भइरहेको वताए । क्लवका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य तथा महोत्सवको उद्देश्यमाथी प्रकाश पारेका थिएभने महोत्सव प्रचारप्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए ।यसैविच पोखरा महोत्सवको अवसरमा पोखराको रंगशाला गेटबाट विभिन्न जातजाति, संघ सस्थातथा आमा समुहका झाकी तथा ¥याली सम्पन्न भएको छ ।

महोत्सवको पहिलो दिन स्थानिय कलाकारहरु चोलेन्द्र पौडेल, पैजापति पराजुली, चन्द्रा कार्की , शंकर बिरही गुरुङ लगायतले दर्शकहरुलाई लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गरेका थिएभने महोत्सवको दोश्रो दिन शनिवार चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, चोलेन्द्र पौडेल, सिता केसी, सविना गुरुङ, पारु गुरुङ, राज विश्वकर्मा, केशव देवकोटा, राजेश वर्देवा र दिपक थापाको कमेडी नृत्यबाट मनोरन्जन प्रदान गर्नेछनभने लाइभब्याण्ड तथा कन्सर्टमा लाहुरे र लोकल ब्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन संयोजक दिनेश सुनारले जानकारी दिए ।

कमेन्टहरु
Loading...