माघे संक्रान्तिसंगै पोखरामा तरुल र सखरखण्ड

पोखरा, २९ पुस / माघे संक्रान्ति नजिकिंदै गर्दा पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढेको छ । यो बर्ष पोखराको कृषी उपजबजार केन्द्र, शान्ती बनवाटिकामा मात्रै ५० टन को हाराहारीमा तरुल र सखरखण्ड १ सय टन जती भित्रीएको छ ।
पहिलेको भन्दा यो बर्ष कम भित्रीएकोले भाउ भने बढेको छ ।

यो बर्ष तरुल प्रतिकिलो ७० देखी ८० रुपैया र सखरखण्ड प्रतिकिलो ४० देखी ५० रुपैयाँमा बिक्री भएको कृषी उपज बजार केन्द्र, शान्ती बनवाटिका स्टल नम्बर ३९ को ब्यापारी जगदिश खनालले बताए ।

अहिले गोर्खा, पाल्पा, नवलपरासी, सर्लाही, र भारत तरुल पोखरामा भित्रीएको छ । यस्तै सखरखण्ड आधाजसो भारत र बाँकी सर्लाही र नुवाकोटबाट आएको बिक्रेताले बताएका छन् । पोखरामा कन्दमूलमा विशेषगरी सखरखण्ड, घर तरुल, वन तरुलको माग बढी छ । बिशेष गरी पोखरामा सखरखण्डको बढीमा भएको उनले बताए ।

माघे संक्रान्तिमा घीउ र चाकुसँग तरुल खानु अनिर्वाय मानिन्छ । यो समयमा मुख्यरुपमा खनिने भएकाले बजारमा आलुको विकल्पमा तरुल किन्नेहरु बढेका छन् ।

कमेन्टहरु
Loading...